प्रहरीमा भर्ना हुन् पुगेका २२ वर्षीय युवकको घाँटी रेटी हत्या - Himal Post Himal Post
  • २२ माघ २०८२, बुधबार
  •      Wed Feb 4 2026
Logo

प्रहरीमा भर्ना हुन् पुगेका २२ वर्षीय युवकको घाँटी रेटी हत्या



सुर्खेत । सिम्ता गाउँपालिका काफलकोटस्थित २२ वर्षीय दिपकसिंह ठकुरीको हत्या भएको छ।

नेपाल प्रहरीमा भर्ना छनौटका लागि कोहलपुर गएका ठकुरीको शनिवार बिहान बाँकेको कोहलपुर नगरपालिका–११, नयाँ बसपार्क पछाडि आधा घाँटी रेटेर हत्या गरिएको अवस्थामा प्रहरीले शव फेला पारेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ।

कोहलपुर आफन्तको घरमा बस्दै आएका उनी शुक्रवार साँझ घरबाट निस्केको आफन्तले बताएका छन्। हत्याको विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक मानबहादुर बिसीले जानकारी दिए।

‘आज बिहानमात्रै हामीले शव फेला पारेका छौँ,’ उनले भने, ‘हत्या कसले र किन गरे भन्ने विषयमा तालिम प्राप्त कुकुरको सहायताले अनुसन्धान गर्न सुरु गरेका छौं।’ सांकेतिक तस्वीर :