कञ्चनपुरमा आफ्नै श्रीमतीमाथि बन्चरो प्रहार गरी प्रहरीकोमा पुगेपछि... - Himal Post Himal Post
  • १७ बैशाख २०८१, सोमबार
  •      Mon Apr 29 2024
Logo

कञ्चनपुरमा आफ्नै श्रीमतीमाथि बन्चरो प्रहार गरी प्रहरीकोमा पुगेपछि…



पुनर्वास,कञ्चनपुर । कञ्चनपुरको पुनर्वासमा श्रीमानले आफ्नै श्रीमतीमाथी बन्चरो प्रहार गरेका छन् ।

पुनर्वास नगरपालिका वडा नं ३ आई बी आर डी बजारमा रामबहादुर नेपालीले आफ्नै श्रीमति रीता नेपालीलाई बिहीबार बिहान १०.३० बजेतिर बन्चरो प्रहार गरि सख्त घाइते बनाएका छ्न ।

खुट्टामा बन्चरो प्रहार गरि श्रीमतिलाई घाइते बनाएपछि श्रीमान रामबहादुर नेपाली पुनर्वासको अस्थायी प्रहरी पोष्टमा आत्मसमर्पण गर्न गएका थिए । घाइते रिता नेपालीको आईबिआरडी स्थित पुनर्वास पोलिक्लिनिकमा उपचार असम्भव भएपछि धनगढी रिफर गरिएको थियो ।

दोषी रामबहादुर ईलाका प्रहरी कार्यालय, त्रिभुवन बस्तीको नियन्त्रणमा रहेको र शुक्रबार जिल्ला चलाउन गर्ने ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक कर्ण बहादुर बमले जानकारी दिनुभएको छ ।

निजलाई थप अनुसन्धानका लागि जिल्ला पठाउने तयारी भइरहेको प्रहरी निरीक्षक कर्ण बहादुर बमले बताउनुभयो । बन्चरो प्रहारबाट घाइते भएकी रिता नेपालीको भने अवस्था सामान्य बनेको छ ।