कञ्चनपुरको बेलौरीमा प्रथम बेलौरी माघी मेला २०७५ को आयोजना  - Himal Post Himal Post
  • ७ कार्तिक २०८१, बुधबार
  •      Wed Oct 23 2024
Logo

कञ्चनपुरको बेलौरीमा प्रथम बेलौरी माघी मेला २०७५ को आयोजना 



हिमाल पोस्ट 
बेलाैरी, कञ्चनपुर । थारूहरूकाे महान पर्व माधे सक्रान्तीकाे अवसर पारेर थारू कल्याणकारिणी सभा बेलाैरी नगर समितिले पुस २७ गते देखि २९ गतेसम्म कञ्चनपुरकाे बेलाैरीमा प्रथम बेलाैरी माघी मेलाकाे आयाेजना गर्ने भएकाे छ ।

विहिवार बेलाैरी स्थिति आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरि थारू कल्याणकारीणी सभाले कार्यक्रम बारे जानकारी गराउदै तिनदिन मेलाको आयोजना गरिने बताएको हाे ।

“थारू एकता हमार सान , शिक्षा भाषा सँस्कृती पाैर्हैटी लैजीना हमार अभियान” भन्ने मुल नाराका साथ बेलाैरीमा पहिलाे पटक बृहत् कार्यक्रमका साथ प्रथम बेलाैरी माघी कार्यक्रमकाे आयाेजना गरिन लागेकाे प्रचार प्रसार सँयाेजक कृष्ण गम्वाले जानकारी दिनुभयाे ।

जातिय पहिचान, भाषा, धर्म तथा सँस्कृतीकाे जगेर्ना तथा प्रचार प्रसार गर्ने मुख्य उदेश्यले कार्यक्रमकाे आयाेजना गरिएकाे आयाेजकले जनाएकाे छ ।

कार्यक्रम सफल बनाउन विभिन्न उप समिति पनि गठन गरिएकाे छ । आर्थिक ब्यवस्थापनमा रेशम चाैधरी, सँस्कृती ब्यवस्थापनमा दीनेश चाैधरी, स्टल तथा झाँकी ब्यवस्थापनमा विक्रम चाैधरी, सुरक्षा ब्यवस्थापनमा जगदिश चाैधरी, मञ्च ब्यवस्थापनमा मनाेज चाैधरी, पार्किङ्ग ब्यवस्थापनमा सुरज चाैधरी, स्वास्थ्य ब्यवस्थापनमा दीपेन्द्र चाैधरी, कलाकार ब्यवस्थापनमा रमेश चाैधरी, स्वागत सम्मान ब्यवस्थापनमा अारती चाैधरी, प्रचार प्रसार ब्यवस्थापनमा कृष्ण गम्वा, अतिथि सत्कार ब्यवस्थापनमा महेश चाैधरी र जनसम्पर्क ब्यवस्थापनमा पर्शुराम चाैधरी काे सँयाेजकत्वमा उपसमिति गठन गरिएकाे छ ।

माघी मेलामा थारू खानाका परिकार बँगुरकाे मासु, माछा, ढिक्रि, सिन्की, बयरकाे चटनी, तिलकाे अचार, जाँडकाे झाेल आदी उपलब्ध गराईने आयाेजकले बताएकाे छ । साथै कार्यक्रम अवधि भर थारू समुदायकाे कला सँस्कृती झल्किने झाँकी, मघाैटा नाच, मुङ्ग्रह्वा नाच, झुम्रा नाच, थारू तथा गैर थारू कलाकारहरूकाे समेत प्रस्तुती रहने आयाेजकले जनाएकाे छ ।

कार्यक्रमकाे उद्घाटन नेपाल सरकारका खानेपानी मन्त्री बीना मगरले गर्ने थारू कल्याणकारिणी सभा बेलाैरी नगर सँयाेजक खड्ग बहादुर चाैधरीले जानकरी दिनुभयो । तीन दिन सम्म चल्ने उक्त कार्यक्रम अबधिभर बेल्डाँडी, बेलाैरी र पुनर्वासका गरि दस हजार भन्दा बढीले कार्यक्रमकाे अवलाेकन गर्ने आयाेजकले बताएकाे छ ।

थारू कल्याणकारीणी सभाका केन्द्रीय सदस्य जीऊलाल चाैधरी प्रमुख अतिथि रहेकाे साे पत्रकार सम्मेलन कार्यक्रममा विशिष्ट अतिथि थारू कल्याणकारीणी सभा कञ्चनपुरका उपसभापति सुनिता चाैधरी र थारू कल्याणकारिणी सभा बेलाैरी नगर सभापती खडक बहादुर चाैधरी रहनु भएकाे थियाे । प्रचार प्रसार समितिका सँयाेजक कृष्ण गम्वाकाे सभापतित्वमा सम्पन्न पत्रकार सम्मेलन कार्यक्रमकाे सञ्चालन थारु कल्याणकारी समिति कञ्चनपुर जिल्ला सचिव रेशम चाैधरीले गर्नुभएको थियो।