दशगजामा भारतीय पक्षद्वारा सडक निर्माण - Himal Post Himal Post
  • ७ आश्विन २०८१, सोमबार
  •      Mon Sep 23 2024
Logo

दशगजामा भारतीय पक्षद्वारा सडक निर्माण



मोरङ । जहदा गाउँपालिका -१ कालाबञ्जरस्थित दशगजामा भारतीय पक्षले सडक निर्माण थालेको छ ।

भारतको बिहार राज्यको अररिया जिल्ला कुशमाहा ग्रामपञ्चायत-४ को आमगाछी मुसहरी बस्तीबाट दशगजामा १ किलोमिटर सडक निर्माण गरिएको हो ।

विधायक मनचन केसरीको विधायक फण्डबाट उक्त सडक निर्माण सुरु गरिएको स्थानीय उमेश सदायले बताए। दशगजामा रहेको १७४/२ नम्बरको चारपाटे पिलरभन्दा ५ सय मिटर वरसम्म एक्जाभेटरले खनेर सडक निर्माण गरिएको छ। आजको कान्तिपुर दैनिकमा खबर छ ।