लैङ्गिक समानता निति सम्बन्धि २ दिने कार्यशाला गोष्ठी घोडाघोडीमा सुरू - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

लैङ्गिक समानता निति सम्बन्धि २ दिने कार्यशाला गोष्ठी घोडाघोडीमा सुरू



हिमाल पोस्ट / सुखड,कैलाली ।
लैङ्गिक समानता निति सम्बन्धि २ दिने कार्यशाला गोष्ठी सोमबारदेखि कैलालीको घोडाघोडी नगरपालिका -१ सुखडमा सुरू भएको छ ।

उक्त गोष्ठीबाट घोडाघोडी नगरपालिकाले आगामी पाँच बर्षको समयावधिका लागी लैङ्गिक निति संम्बन्धी कार्ययोजना बनाई अघी बढ्दा ‘समानता , सामाजिक न्यायमा आधारित विभेदमुक्त ,स्वस्थ ,समृद्ध नगरपालिका’ निर्माण हुने लक्ष्य लिएको छ ।

घोडाघोडी नगरपालाकाका जनप्रतीनिघी ,न्यायीक समितीका पदाधिकारी ,कार्यपालीकाका सदस्य तथा नगरपालिकाका कर्मचारी गरी करिब ५० जना भन्दा बढीको सहभागीतामा संचालन भएको कार्यशाला गोष्टीको सहजिकरण ओरेक नेपालको संस्थापक अध्यक्ष डा. रेणुराज भन्डारीले गर्नु भएको थियो ।

गोष्ठिमा लैङ्गिक समानता निति सम्बन्धि कार्ययोजना ,समानता ,सामाजिक न्याय, लैङ्गिक विभेदमा आधारित हिंसा सम्बन्धी निति ,हिंसा अन्त्यका लागी स्थानिय तहको भूमिका लगायतका बिषयमा छलफल गरिएको छ ।

घोडाघोडी नगरपालिकाको आयोजनामा सुरु भएको कार्यक्रमको समन्वय ओरेक नेपालले गरेको हो ।