शिक्षक बन्न इसाई नै हुनुपर्ने ? प्रशासनबाट छानबिन हुँदै - Himal Post Himal Post
  • ७ आश्विन २०८१, सोमबार
  •      Mon Sep 23 2024
Logo

शिक्षक बन्न इसाई नै हुनुपर्ने ? प्रशासनबाट छानबिन हुँदै



ललितपुर । गैरसरकारी संस्था ‘टिच नेपाल’ ले गरकेो शिक्षकको आवश्यकतासम्बन्धी विज्ञापन विवादमा परेपछि छानबिन सुरु भएको आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खबर छ ।

संस्थाले विज्ञापनमा एक प्रशिक्षार्थी शिक्षकको आवेदन माग्दै आवेदक इसाई परिवारको हुनुपर्ने, इसाई कलेजमा पढेको र चर्चको सिफारिस चाहिने लगायत सर्त राखेको उजुरी जिल्ला प्रशासन कार्यालय ललितपुरमा परेको छ ।

उजुरीपछि संस्थाको छानबिन गरिरहेको ललितपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीले बताए ।