पूर्वराजा ज्ञानेन्द्र राप्रपाका नेतासंग गोप्य बैठक र भेटघाटमा ब्यस्त - Himal Post Himal Post
  • ७ आश्विन २०८१, सोमबार
  •      Mon Sep 23 2024
Logo

पूर्वराजा ज्ञानेन्द्र राप्रपाका नेतासंग गोप्य बैठक र भेटघाटमा ब्यस्त



काठमाडौँ । पछिल्लो समय हिन्दू धर्म र राजतन्त्रको वकालत गर्दै गोप्य बैठक गर्न थालेका पूर्वराजा ज्ञानेन्द्रले राप्रपा नेपालका अध्यक्ष कमल थापासहित तीन दर्जनभन्दा बढी राप्रपाका नेता र राजावादीसँग भेट गर्नुभएको छ ।

पोखराको निर्मल पोखरीस्थित माउन्टेन ग्लोरी फरेस्ट रिसोर्टमा बस्दै आउनुभएका पूर्वराजाले अध्यक्ष कमल थापासँग देशको पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी लिनुभएको थियो ।

गोप्य भेटमा राजतन्त्र र हिन्दू राज्य कायम गर्ने विषयमा छलफल भएको थियो । आजको नेपाल समाचारपत्रमा खबर छ ।