बस दुर्घटना अपडेटः दाङ दुर्घटनाका २३ मृतक मध्ये १४ को सनाखत (नामावलीसहित) - Himal Post Himal Post
  • २५ पुष २०८१, बिहीबार
  •      Thu Jan 9 2025
Logo

बस दुर्घटना अपडेटः दाङ दुर्घटनाका २३ मृतक मध्ये १४ को सनाखत (नामावलीसहित)



बुटवल । हिजो साँझ दाङमा भएको बस दुर्घटनाका मृतक २३ मध्ये १४ जनाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

सनाखत भएकामध्ये जुम्लाका पाँच जना र दाङ्गका ५ जना रहेका छन । अरु विभिन्न जिल्लाका रहेका छन् ।

बसका चालक र सहचालक दुबैको मृत्यु भएको छ । सहिद कृष्ण सेन इच्छुक बहुप्राविधिक शिक्षालयबाट सल्यानमा अभ्यासका लागि गएका १६ देखि २० बर्ष उमेरका विद्यार्थीदेखि ३० बर्ष उमेर नकाटेका शिक्षक र चालक, सहचालकको समेत ज्यान गएको छ ।

मृतक १४ जनाको नामवली

१– कुशुम रावल बर्ष १६ , जुम्ला, चन्दनाथ न.पा. ( दाजु विजय रावलले शव बुझे )

२– कबिता खत्री बर्ष २१, दाङ्ग बबई गाउँपलिाका ५

३–आतिस नेपाली बर्ष १७ , भेरीगंगा न.पा. ४ जाजरकोट ( बाबु उदाम नेपालीले शव बुझे )

४– खेमराज भट्ट, बर्ष १७ , कञ्चनपुर , कृष्णनगर न.पा.–५ ( बाबु सत्यलाल भट्टले शव बुझे )

५–हिक्मत बोहरा बर्ष १७ , जुम्ला चन्दानाथ गा.पा.–३ ( शव बुझाउन बाँकी )

६–प्रदिप घिमिरे बर्ष २८ दाङ्ग घोराही उ.म.पा.–१७ ( शिक्षक, काका पदमप्रसाद घिमिरेले शव बुझे )

७– संजित रतगैया बर्ष २० , दाङ्ग दंगिशरण गा.पा.–१

८–बिरेन्द्र कडारा बर्ष २० , जुम्ला कान्कासुन्दरी गाउँपालिका–५ ( नेपालगञ्ज नर्सिङ्ग होममा मृत्यु )

९–नरेश वली बर्ष २८ रुकुम भुमे गाउँपालिका–६ ( दाजु सर्कबहादुर ओलीले शव बुझे शिक्षक )

१०–वियय घर्ति ( जिएम ) बर्ष १९ , घोराई–१४ ( बाबु रामबहादुर जिएमले शव बुझे )

११– शैलाजा शाही बर्ष १७ , जुम्ला हिमा गा.पा.–५ ( चालक )

१२– मदन खत्री बर्ष २६ , घोराही–३ दाङ्ग ( चालक )

१३–अजुन शाही बर्ष १७ , जुम्ला चन्दनाथ न.पा.–१४

१४–गणेश बिक बर्ष १८, तुल्सीपुर–१८ दाङ्ग .( सह–चालक )

– रातोपाटीबाट / फाइल तस्बिर :