सामर्थ्य नेपालद्बारा चितवनमा रहेका सार्बजनिक बसहरुमा डस्टबिन राखियो - Himal Post Himal Post
  • २३ जेष्ठ २०८३, शनिबार
  •      Sat Jun 6 2026
Logo

सामर्थ्य नेपालद्बारा चितवनमा रहेका सार्बजनिक बसहरुमा डस्टबिन राखियो



चितवन । सामर्थ्य नेपालद्बारा चितवनको पुल्चोकमा रहेका सार्वजनिक बसहरुमा फोहोर फाल्ने डस्बिन राखिएको छ ।

बढ्दो फोहोर ब्यस्थापनका लागि सामर्थ्य नेपालले करिब ३०० सार्वजनिक बसहरुमा फोहोर फाल्ने डस्टबिन राखेको हो।

साथै सामर्थ्य नेपालद्बारा करिब ५०० बस ,अटोरिक्सा,म्याजिकहरुमा सवार यात्रुहरूलाई जनचेतना फैलाउनका लागि फोहोर जथाभाबी नफाल्न अनुरोध गरिएका स्टिकर पनि राखिएको अभियानका संयोजक अर्जुन भुसालले बताउनुभयो ।

यो अभियान अब देशब्यापी चलाएर एउटा नया सन्देश प्रवाह गर्ने उदेश्य रहेको संयोजक भुसालले बताउनु भयो  । कार्यक्रममा बस ब्यबसायी संघ,जिल्ला ट्राफिक कार्यालय चितवनका प्रतिनिधिको समेत उपस्थिति रहेको थियो।

यस अभियान सम्पन्न गर्नको लागी इम्पल्स एजुकेसन कन्सलटेन्सिले करिब ३०० पिस स्टिकर सहयोग गरेको संयोजक भुसालले जानकारी दिनुभयो ।