चाउमिन खाएर बिरामी परेका दाजुभाईको मृत्यु - Himal Post Himal Post
  • २६ पुष २०८१, शुक्रबार
  •      Fri Jan 10 2025
Logo

चाउमिन खाएर बिरामी परेका दाजुभाईको मृत्यु



कञ्चनपुर । चाउमिन खाएर बिरामी परेका दाजुभाईको मृत्यु भएको छ । शुक्रबार बेलौरी स्थित मामाघर बिहेमा गएका कृष्णपुर नगरपालिका–३ देखतभूलीका ८ वर्षीय टेक बहादुर सुनार र १२ वर्षीय धन बहादुर सुनारको मुत्यु भएको हो ।

‘मामाघर जान हिँडेका दुवै बालकले ठुलबाबु लछी सुनारलाई चाउमिन पकाईदेउ हामी खाएर जान्छौँ भने,‘ प्रहरीलाई उदृतगर्दै आमा बिमलादेवी सुनारले भनिन् । उनका अनुसार चाउमिन खाएर दुबै जना बिरामी परे । सुरुमा प्राथमिक स्वास्थ्य केन्द्र र त्यँहा उपचार नभएपछि सेती अञ्चल अस्पताल रिफर गरिएको थियो । त्यहाँ पनि उपचार सम्भव नभएपछि कोहलपुर मेडिकल कलेज लग्दै गर्दा बाटोमा नै उनीहरुको मृत्यु भयो । उनीहरुलाई मामा चम्फा सुनारले नै अस्पताल लगेका थिए ।

ठुलबाबु लक्ष्मी सुनारकै घरमा बस्दै आएका थिए । ठुलबाबु लक्ष्मीले पकाईदिएको चाउमिन खाएर मामाघर पुग्दा बारम्बार बान्ता भएको थियो । स्थानीयको दवावपछि प्रहरीले सुनारलाई शनिबार नियन्त्रणमा लिएको छ । दुवै बालकलाई शव पोस्टमार्टमका लागि महाकाली अञ्चल अस्पतालमा राखिएको छ ।

कञ्चनपुर प्रहरीले घटनामा सुक्ष्म अनुसन्धान भइरहेको जनाएको छ । कञ्चनपुर प्रहरी प्रवक्ता डिएसपी कृष्णराज ओझाले घटनाको सुक्ष्म ढङ्गबाट अनुसन्धान भईरहेको बताए । बालकका बाबु छैनन् । साभार : नयाँ पत्रीका