मोटरसाइकलमा सल बेरिएर कैलालीमा एक महिलाको मृत्यु
कैलाली । कैलालीको धनगढीमा मोटरसाइकल दुर्घटनामा परि एक महिलाको मुत्यु भएको छ ।
धनगढीको पुरानो सब्जीमण्डी नजिक मुख्य सडकमा मोटरसाईकल दुर्घटना हुँदा धनगढी उप–महानगरपालिका- ५ कि ४४ बर्षिया रुमला ऐरीको मुत्यु भएको हो । मृतकका छोरा मुकेशले चलाएको मोटरसाईकलमा सवार ऐरीको सल मोटरसाईकलमा बेरिएर दुर्घटना हुँदा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाईते भएकी ऐरीको सुरुवा उपचारका लागि नवजिवन अस्पताल लगिएको थियो । नवजिवन अस्पतालले थप उपचारका लागि अन्यत्र पठाएपछि उपचारका क्रममा सेती अञ्चल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक हरी बहादुर वलीले जानकारी दिए ।