एनकाको चौथो वार्षिकोत्सव कार्यक्रम आयोजना हुदै - Himal Post Himal Post
  • १९ माघ २०८२, आईतवार
  •      Sun Feb 1 2026
Logo

एनकाको चौथो वार्षिकोत्सव कार्यक्रम आयोजना हुदै



 

एडीलेड

साउथ अस्ट्रेलियामा रहेको एडीलेड नेप्लिज क्रिकेट एशोसीयसन ( एनका)ले चौथो वार्षिकोत्सव कार्यक्रम आयोजना गर्ने भएको छ । डिसेम्बर १६ तारिकको दिन पार्क २५ , पोर्ट रोड एडीलेडमा हुने उक्त कार्यक्रम म्याकग्रथ फाउन्डेसन प्रति समर्पति रहने एनकाका अध्यक्ष विजय जोशीले बताए।

स्तन क्यान्सर भएका बिरामीहरुलाई सहयोग गर्दै आएको म्याकग्रथ फाउन्डेसनलाई वार्षिकोत्सवको अवसरमा सानो भए पनि सहयोग पुगोस भन्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गर्न लागेको उनले बताए। जोशीले भने “खेलकुद क्लबसँगै हामीले समाजप्रतिको उत्तरदायित्वमा जोड दिदै सो दिन पिङ्क स्टम्पस डेको रुपमा मनाउदै छौ।”

वार्षिकोत्सव समारोह सँगै कार्यक्रममा वूलवर्थ क्रिकेट ब्लास्टका ५४ बालबालिका खेलाडीहरुलाई मेडल प्रदान गरिने जोशीले जानकारी दिएका छन। कार्यक्रममा पिङ्क स्टम्पसका साथ एक्स्पर्ट एनका लिग समेत खेलिने उनले बताएका छन।