लैङ्गिक हिंसा न्युनिकरण अभियानमा राजमार्ग संचारिका महिला समुह - Himal Post Himal Post
  • २३ जेष्ठ २०८३, शनिबार
  •      Sat Jun 6 2026
Logo

लैङ्गिक हिंसा न्युनिकरण अभियानमा राजमार्ग संचारिका महिला समुह



ललित जाग्री / सुुुखड , कैलाली ।
“लैङ्गिक हिंसा र दुर्व्यवहार छैन हामी लाई स्वीकार” भन्ने मुल नाराका साथ देशव्यापी रुपमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेको बेला कैलालीको घोडाघोडी नगरपालिका -५ देवकलियामा पनि राजमार्ग संचारिका महिला समुहको आयोजनामा लैङ्गिक हिंसा न्युनिकरण गर्ने उदेश्यले लैङ्गिक हिंसा न्युनिकरण सम्बन्धि अभिमुखीकरण कार्यक्रम आइतबार सम्पन्न भएको छ ।

राजमार्ग संचारिक महिला समुहकी अध्यक्ष लक्ष्मी भट्टराईको अध्यक्षत‌ामा भएको कार्यक्रमको प्रमुख अतिथीमा घोडाघोडी नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष प्रेम बहादुर रोकाया रहनु भएको थियो भने  विशिष्ट अतिथीमा राष्ट्रिय माध्यमिक विद्यालय देवकलियाका प्रधानाध्यापक लछीराम चौधरी रहनु भएको थियो । त्यस्तै अतिथीहरुमा नगर युवा सञ्जालका अध्यक्ष शंकर चौधरी, नगर बाल सञ्जालका अध्यक्ष हुकुम चौधरी, वडा सदस्य काले खत्री, महिला वडा सदस्य राजु बि.क., समाजसेबी गणेश बहादुर चन्द, देवकलियाकी स्वयमसेविका देशनी देवी चौधरी लगायत रहनु भएको थियो ꫰

कार्यक्रममा प्रमुख अतिथीको आसन बाट बोल्दै घोडाघोडी नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष प्रेम बहादुर रोकायाले सभ्य समाज निर्माणका लागि हरेक ब्यक्तिमा सकारात्मक सोचाई हुनुपर्ने बताउनुभयो ꫰ कार्यक्रमका सहभागीहरुले पितृसतात्मक सोचाई हटाउनु पर्ने, घर-घरमा महिलाद्वारा महिला नै हिंसामा परिरहेकोले त्यसमा स्थानिय र सरोकारवाला संस्थाहरुले जिम्मेवार भएर लाग्नुपर्ने बिचार राख्नु भएको थियो ꫰

घोडाघोडी नगरपालिकाको सहयोग र वडा न. ५ को समन्वयमा भएको अभिमुखीकरण कार्यक्रममा राजमार्ग संचारिका महिला समुहकी सह-सचिव हेमा चौधरीले स्वागत गरेको कार्यक्रमको सञ्चालन राजमार्ग संचारिका महिला समुहकी सचिव ईन्दु के.सी.ले गर्नु भएको थियो ꫰