स- साना सहकारीलाई मर्ज गरिए मात्र सहकारीको विकास हुन्छ : नगर प्रमुख थापा
धन बहादुर बिक
पुनर्वास । एकै उदेश्य सँग सम्बन्धित छरिएर रहेका सहकारी लाई मर्ज गर्न सकिए मात्र सहकारी को विकास मा टेवा पुग्ने शनिबार पुनर्वासमा अायोजित एक सहकारीको साधारणसभामा पुनर्वास नगरपालिकाका नगर प्रमुुुख जिवनराज थापाले बताउनु भएको छ ।
पुनर्वास नगरपालिका ८ पृथ्वीबस्ति स्थित श्री पराशन बहुमुखी सहकारी संस्था लिमिटेडको १७ अौ बार्षिक साधारणसभा को अवसरमा नगर प्रमुख थापाले सो कुरा बताउनुभएको हो ।
पुनर्वास मा केही बर्षयता एउटै बिषय र उदेश्य का थुप्रै सहकारी हरू जन्मिदैं गएका र कुनैपनि सहकारी ले उपलब्धिमूलक उदेश्य पूरा गर्न नसकेको ले अब एउटै बिषय र उदेश्य का सहकारी लाई मर्ज गरिनुपर्ने कुरामा जोड दिनुभयो ।
स्थानीय सर्वसाधारण कृषक र सानातिना व्यवसायीको अार्थिक पक्षलाई माथि उठाउन बहुउद्देश्यीय सहित जन्मिएका सहकारी ले निक्षेप संकलन र ऋण लगानी भन्दा अरू केही गर्न नसकेको समेत वहाले बताउनुभयो ।
अब एउटै उदेश्य र बिषयमा जन्मिएका सहकारी लाई छिट्टै मर्ज गर्ने उदेश्य सहित नगरमा सहकारी एेन बन्ने र कृषि संग सम्बन्धित उदेश्य संग सम्बन्धित सहकारी बाट संयुक्तरूपमा योजना अाएमा नगरबाट बार्षिक २० लाख रकम सम्म अनुदान सहयोग गर्न सकिने पनि बताउनुभयो ।
सामुहिक तरकारी खेति, फलफूल खेति ,अाधुनिक खाद्यान्न खेति यसका उदेश्य हुनसक्छन् वहाले बताउनुभयो । यो संगै पुनर्वासमा भित्रिएका लघुवित्त बैंक का क्रियाकलाप प्रति नगरपालिकाको ध्यानाकर्षण भएको नगर प्रमुख थापाले बताउनुभयो । लघुवित्त बैंकले सर्वसाधारणको अार्थिक माथि उठाउने भन्दापनि झनझन खस्काउने गरेको छ उहाँले भन्नुभयो ।
३ सय ८० जना सेयर सदस्य रहेको पराशन बहुमुखी सहकारी को साधारणसभा मा संस्था का व्यवस्थापक बुद्धि बहादुर कटवालले अार्थिक बर्ष ०७४ साउन १ गतेदेखि ०७५ असार ३२ सम्मको कुल दुई करोड ३२ लाख ३२ हजार ६ सय २९ रूपैया बराबरको अायव्यय प्रस्तुत गर्नुभएको थियोे ।
संस्थाका अध्यक्ष शालिग्राम शर्माको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि पुनर्वास नगर प्रमुख जिवनराज थापा रहनुभएको थियोे भने बिशिस्ट अतिथिमा बहुउद्देश्यीय संघ कञ्चनपुर का उपाध्यक्ष दानबहादुर रावल रहनुभएको थियोे । विभिन्न सहकारी का अध्यक्ष तथा पदाधिकारी , संघ संस्था का प्रतिनिधि लगायत अतिथि रहेका सहकारीको साधारणसभा मा स्वागत मनत्व्य संस्था का उपाध्यक्ष हरिश्चन्द्र उपाध्यायले गर्नुभएको थियोे ।
कार्यक्रमको सञ्चालन व्यवस्थापक बुद्धि बहादुर कटवालले गर्नुभएको थियोे ।