नव गायक दर्पण शर्माको "धनगढीमा घर" सार्वजनिक (भिडियो सहित) - Himal Post Himal Post
  • २३ जेष्ठ २०८३, शनिबार
  •      Sat Jun 6 2026
Logo

नव गायक दर्पण शर्माको “धनगढीमा घर” सार्वजनिक (भिडियो सहित)



विशाल पाण्डेय / कैलाली ।

नेपाली साङ्गीतिक क्षेत्र सानो भएपनि पछिल्लो समय थुप्रै नव गायक गायिकाहरुले नेपाली सांगेतिक क्षेत्रमा पाइला टेकि हरेक दिन नयाँ शैली सहितका गित ,म्युजिक भिडियो तथा नयाँ एल्बम बजारमा सार्वजनिक गराइराखेका छन् ।

यसै क्रममा कैलाली धनगढीका नव गायक दर्पण शर्माले पनि “धनगढीमा घर छ” बोलको म्युजिक भिडियो बुढा सुब्बा डिजिटल प्रा.लि युट्युव च्यानल मार्फत बुधबार सार्वजनिक गरेका छ्न ।

लामो समयदेखि कला क्षेत्रमा लागेर गित तथा म्युजिक भिडियोहरुमा सफल रहदै आएका गायक पुष्प शर्माको शब्द र संगित रहेको गितको म्युजिक भिडियोको निर्देशन राज विश्वकर्माले गरेका छन् ।

अमृत बिकको सम्पादन रहेको म्युजिक भिडियोमा भुपि ,सुस्मिता ,करिना ,सिमरनको अभिनय रहेको छ भने मेक अप सरिता शर्माको रहेको छ । साथै भिडियोका लागि राज डान्स एकेडेमीले डान्समा सहयोग गरेको छ ।

सुनिल सागरको एरेन्ज रहेको भिडियोको छायांकन अनुप बिकले गरेका छन् । कैलालीको चिसापानी ,घोडाघोडी ताल क्षेत्र लगायत विभिन्न ठाउँमा छायांकन गरिएको म्युजिक भिडियो युवा पुस्ताहरुलाई समेटेर बनाइएको हुनाले युवाले रुचाउने नव गायक दर्पण शर्माले हिमाल पोस्टलाई बताए ।

नवगायक शर्माको ‘धनगढीमा घर छ’ बोलको गित तथा म्युजिक भिडियोले कत्तिको सफलता पाउछ त्यो हेर्न भने केहिदिन कुर्न पर्ने हुन्छ । नव गायक दर्पण शर्माको सांगीतिक यात्राले सफलता पाओस् हाम्रो पनि शुभकामना छ ।

भिडियो हेर्नुहोस :