निर्मला पन्तका लागि न्याय माग्दै अाँँखामा कालोपट्टी बाधी सडकमै सुतेर धर्ना - Himal Post Himal Post
  • २६ पुष २०८१, शुक्रबार
  •      Fri Jan 10 2025
Logo

निर्मला पन्तका लागि न्याय माग्दै अाँँखामा कालोपट्टी बाधी सडकमै सुतेर धर्ना



कैलाली । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तको हत्या भएको चार महिना बितिसक्दा पनि हत्यारामाथि कारबाही नभएको भन्दै आन्दोलनरत महिला अधिकारकर्मीहरुले सडकमै सुतेर धर्ना दिएका छन ।

मंगलवार उनीहरुले आखाँमा कालोपट्टी बाधेर सडकमै सुतेर धर्ना दिएका हुन ।

यस अघि नै शनिबार नागरिक संघर्ष समितिले सार्वजनिक गरेको चार दिने आन्दोलनका कार्यक्रम अन्तरगत सोमबार र मंगलबार सुदूरपश्चिम प्रदेशका सबै जिल्ला प्रशासन कार्यालय मूलगेटमा कालोपट्टी बाँधेर धर्ना दिने कार्यक्रम तोकिएको थियो ।

साथै बुधबार न्यायका लागि दिउँसै टर्च बालेर आन्दोलन गर्ने र बिहीबार मानव साङ्लो बनाउने लगायतका कार्यक्रमहरु सार्वजनिक गरेका थिए ।