विजय थापाको हत्यामा संलग्न रहेका आशीष सेठीलाई प्रहरीद्बारा सार्वजनिक - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

विजय थापाको हत्यामा संलग्न रहेका आशीष सेठीलाई प्रहरीद्बारा सार्वजनिक



कैलाली । गत कात्तिक ३० गते धनगढी उप–महानगरपालिका वडा नम्वर ४ स्थीत प्रदेश प्रमुखको कार्यालय नजिकै रहेको कलश होटल नजिकै विजय थापाको हत्या गरि घिसार्दै लैजाने क्रममा पक्राउ परेका आशीष सेठीलाई थापाको हत्यामा संलग्न रहेको भन्दै साेमबार जिल्ला प्रहरी कार्यालय कैलालीले सार्वजनिक गरेको छ । प्रहरीले कार्यालयमा पत्रकार सम्मेलन गर्दै सेठीलाई सार्वजनिक गरेको हो ।

मृतक थापा र आफु एकआपसमा मिल्ने साथी भएको र भारतबाट लागुऔषध हिरोइन खरिद गरेर सँगै सेवन गर्ने गरेको सेठीले बयान दिएको प्रहरीले जनाएको छ ।

मृतक थापासँग रहेको थप हिरोइन सेवन गर्नको लागि घटना भएको घरको माथिल्लो तलाको सिडीमा बसेको र त्यही ठाउँमा सेठी र मृतक थापाबीच हात हालाहाल भएपछि थापाकाे सिडीमा टाउको लागेर चोट लागेको र घाइतेलाई लुकाउन लैजाने क्रममा सेठीलाई पक्राउ गरेको प्रहरीले बताएको छ ।