चियापान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न - Himal Post Himal Post
  • १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
Logo

चियापान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न



ललित जाग्री / सुखड ।
अनेरास्ववियु तथा अखिल क्रान्तिकारी विद्यार्थी संगठन घोडाघोडी बहुमुखी क्याम्पस कमिटीको संयुक्त आयोजनामा कैलालीको घोडाघोडी नगरपालिका – १ सुखड स्थित घोडाघोडी बहुमुखी क्याम्पसमा चियापान तथा अन्तर्क्रिया कार्यक्रम सोमबार सम्पन्न भएको छ ꫰

अखिल क्रान्तिकारी विद्यार्थी संगठनका घोडाघोडी नगर सचिव गोपाल रेग्मीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथीमा अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य तथा सुदुरपश्चिम प्रदेश संयोजक खगेन्द्र हमाल, विशिष्ट अतिथीमा अखिल क्रान्तिकारीकी केन्द्रिय सदस्य शाबित्रा आचार्य रहनु भएको थियो भने अतिथीहरुमा अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष डम्बर राज भट्टराई, अखिल क्रान्तिकारीका जिल्ला सचिव शिवराज संज्याल, अनेरास्ववियुका क्ष‌ेत्रिय अध्यक्ष मोहन ऐर, अनेरास्ववियुका जिल्ला सदस्य मिलन ओली लगायतका रहनु भएको थियो ꫰

कार्यक्रममा प्रमुख अतिथीको आसन बाट बोल्दै अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य तथा सुदुरपश्चिम प्रदेश संयोजक खगेन्द्र हमालले दुई ओटा कम्युनिष्ट एक पार्टी एक भईरहदा विद्यार्थी, मजदुर र किसान वर्गमा आसा पलाएको हुनाले त्यो आसा पुरा गर्न सबैले लाग्नु पर्ने र अबको एक महिना भित्र तल्लो तह सम्म पार्टी एकीकरण हुने बताउनुभयो ꫰ सोहि कार्यक्रममा विशिष्ट अतिथीको आसन बाट बोल्दै अखिल क्रान्तिकारीकी केन्द्रिय सदस्य तथा नेत्री शाबित्रा आचार्यले आफु सधैं महिलाको हकहितका लागि लागिरहने र महिला पुरुष बराबार भएकोले नेतृत्व क्षमता भएका जुनसुकै ब्यक्तिले पनि नेतृत्व तहमा आउनु पर्ने बताउनुभयो ꫰

अनेरास्ववियु तथा अखिल क्रान्तिकारी विद्यार्थी संगठन घोडाघोडी बहुमुखी क्याम्पस कमिटीले आयोजना गरेको सोहि चियापान तथा अन्तर्क्रिया कार्यक्रममा अनेरास्ववियुका क्षेत्रिय अध्यक्ष मोहन ऐर, अखिल क्रान्तिकारी जिल्ला अध्यक्ष डम्बर राज भट्टराई लगायतले मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको सञ्चालन कपिल सापकोटाले गर्नु भएको थियो ꫰