जन्मदिनको अवसरमा खाद्यान्न तथा फलफूल वितरण - Himal Post Himal Post
  • २३ जेष्ठ २०८३, शनिबार
  •      Sat Jun 6 2026
Logo

जन्मदिनको अवसरमा खाद्यान्न तथा फलफूल वितरण



विशाल पाण्डेय / सुखड ,कैलाली ।
जन्मदिनमा गरिने फजूल खर्चलाई न्यूनिकरण गर्दै सामाजिक क्षेत्रमा खर्चिने सकारात्मक कार्यको आत्म साथ गर्दै कैलालीको घोडाघोडी नगरपालिका- १ लोहरपुरका दिब्यान्त जोशिले आफ्नो जन्मदिनको अवसरमा घोडाघोडी मन्दिरमा रहेका बटुकहरुलाइ खाद्यान्न र फलफुल बितरण गरेका छन ।

ऐश्वर्य बिद्या निकेतन धनगढीमा कक्षा १० मा अध्यनरत रहेका जोशीले १६ औं जन्मदिनको अवसरमा ३० जना बटुकहरुलाइ खाद्यान्न तथा फलफुल बितरण गरेका हुन ।

मन्दिरमा रहेका बटुक र पुजारीले बेद बाचन गरी दिब्यान्तलाइ जन्मदिनको शुभकामना दिएका थिए ।
मन्दिरका पुजारी जगत प्रसाद उपााध्यायले बैदिक सभ्यता अनुसार जन्मदिन मनाएकोमा खुशि ब्यक्त गरे । उनले भने, ‘युवा पिडीले पनि यसरी आध्यात्मिक सोचका साथ जन्मदिन मनाउनु निकै राम्रो हो ।’

घोडाघोडी मन्दिरका बटुक कमल प्रसाद उपााध्यायले यसरी जन्मदिन मनाएर आफुहरुलाइ खाद्यन्न सहयोग गरेकोमा खुशि ब्यक्त गरे ।

सामाजिक कार्य गर्दा आफुलाइ खुशि लाग्ने बताउदै दिब्यान्तले घरमै सीमित रहेर मनाउनु भन्दा फरक तरीकाले अरुलाइ सहयोग गरेर जन्मदिन मनाउदा निकै खुशि लागेको हिमाल पोस्टलाइ बताए । उनले भने , ‘बैदिक धर्मको पलायन हुदै गइरहेको अवस्थामा संरक्षण हुन्छ कि भन्ने उदेश्यले पनि आफ्नो जन्मदिन घोडाघोडीमा मनाएको र आगामि दिनमा पनि मनाउछु ।’