चाैतर्फी विकासका लागि बेल्डाँडीका महिलाहरु आफै जुटे - Himal Post Himal Post
  • २२ माघ २०८२, बुधबार
  •      Wed Feb 4 2026
Logo

चाैतर्फी विकासका लागि बेल्डाँडीका महिलाहरु आफै जुटे



जुद्ध चाैधरी / कञ्चनपुर  । अाफ्नाे गाउँ पालिकामा विकासले गति लिन नसके पछी कञ्चनपुरकाे बेल्डाँडी गाउँपालिकाका महिलाहरू विकासका लागि जुटेका छन।

अाज बेल्डाँडीकाे राैतेली जनता अादर्श बहुमुखी क्याम्पसकाे प्राङ्गणमा महिलाहरूकाे भेला गरि शान्ती नाथकाे सँयाेजकत्वमा ८६ सदस्यिय सँघर्ष समिति गठन गरेका छन । बेल्डाँडी गाउँपालिकामा शिक्षा, स्वास्थ्य,सिँचाई, विद्युत तथा यातायात काे कुनै विकास नभए पछि यहाँका महिलाहरू जुर्मुराएका हुन।

स्वास्थ्य चाैकिमा अनुभवी डाक्टर तथा अाैषधी नभएकाे , विद्युत भाेल्टेज कम भएकाे तथा शुक्लाफाँटा बन्य जन्तु अारक्षमा खटिएका सुरक्षाकर्मीबाट दुख पाईएकाेले सँघर्ष गर्नु परेकाे सँयाेजक शान्ती नाथले बताईन ।

बेल्डाँडी गाउँपालिका कार्यालयमा पटक पटक लिखित रूपमा माग राख्दा पनि जनप्रतिनिधिहरूले कुनै चासाे नदेखाएकाले बाध्य भएर सँघर्ष समिति गठन गरि सँघर्षकाे कार्यक्रम गरेकाे स्थानियहरू बताउँछन । अाज भेलामा बाेल्दै उपस्थित महिलाहरूले जनप्रतिनिधिले मागकाे तत्काल सम्बाेधन नगरे जनप्रतिनिधिलाई कालाेमाेसाे दल्ने र गाउपालिका कार्यालयमा अनिश्चित कालिन ताला बन्दी गर्ने चेतावनी समेत दिएका छन।

गाउपालिकामा विद्युत महशुल काउन्टर, स्वास्थ्य चाैकीमा डाक्टर र अाैषधिकाे ब्यवस्था, छाडा चाैपायाकाे नियन्त्रण, अारक्षमा विद्युतिय तारवार गर्नु पर्ने माग राखेका छन।

समाज सेवी कृष्णा गिरी प्रमुख अाथिती रहेकाे साे भेलामा सभापती महिला खबरदारी सञ्जालकी अध्यक्ष शान्ति नाथ रहेकी थिईन भने कार्यक्रमकाे सञ्चालन सरस्वती शाहीले गरेकी थिईन।