एरेन्ज म्यारिज (भाग २) - Himal Post Himal Post
  • २६ पुष २०८१, शुक्रबार
  •      Fri Jan 10 2025
Logo

एरेन्ज म्यारिज (भाग २)



हरि थापा

मर्निङ सोज द डे ! बिहानीले दिनको सङ्केत गर्छ भने झैँ प्रियाको जीवन वर्तमान भूत भविष्य सबै छर्लङ्ग देखिसकेको थियो।

सुरुवातको त्यो दिन त्यो समय सम्झिदा पनि डरले सीमा नाघ्छ। त्यसपछि म भागेर ठुला बा ठुलीअामाको मा अाईपुगे त्यहाँ कसरी अाईपुगे आफैँलाई अनौठो लाग्छ।

म त त्यो बेला दुस्मनको घेरा भित्र परे झै भएको थिए संयोग मान्नु पर्छ।त्यति खेरसम्म ठुला बा,ठुलीअामाले मेरो वातारण पारिवारिक स्थिति राम्ररी बुझिसक्नु भएको थियो।

अामा बुबाले वास्ता नगरेपछि अब जाने ठाउँ शाहारा लिने ठाउँ अन्त कहि थिएन।के गर्ने?के नगर्ने? मनमा अनेक नराम्रो बाटो बाहेक केहि अाउथेन्।अपराध विना पनि जेल सजाय भोगेको महशुस भयो। मलाई विवहा गरेर लगेको हैन कुनै अपराध गरेर लगेको अनुसन्धान पछि दोषी ठहर भई जेल हालेका हुन झैँ लाग्थ्यो।

सानै देखि ठुलीअामाको घरमा बसेर पढे त्यहि भएर पनि ठुलीअामा सँग अाफ्नो मनको बह पोख्ने कुनै असहज भएन।ठुलीअामा असल साथी जस्तो लाग्थ्यो।हरेक कुरा ठुलीअामा बाहेक अरुलाई भन्न पनि मन लाग्थेन।मलाई माया गर्ने यो संसारमा कोहि छन भने त्यो अाफ्नीअामा हैन ठुलीअामा अर्थात अामाको दिदि हुन्।

मैले घरबाट, के घर भन्नु! श्रीमान र सासुको प्राईभेट जेलबाट लुकेर एउटा मेसेज गरे लगतै ठुलीअामाले रिचार्ज नहाल्देको भए थाहाँ छैन अाज कुन संसारमा हुन्थे।सासु र श्रीमानको जेल भित्र सबै बन्देज थियो।धन्न साथमा मोबाईल छुटेन छ। त्यहि भएर पनि अहिले मोबाईल सँग मेरो अथाह प्रेम छ।

एक्कासी सोच्दै नसोचेको पिडा भोग्नु पर्दा हत्तोसाहित हुन नर्मल कुरा हो। तर अावेगमा निर्णय लिएको भए सायद माथी पुगिसक्थे।

त्यो बेला मैले कसैले भनेको महावानी सम्झिए। मेरो लागि पनि प्रेरणा बन्यो।जब सम्म तपाई आफै संग रिसाउनु हुन्न तब सम्म यो संसारमा कुनै पनि मान्छे तपाई संग रिसाउदा केहि फरक पर्दैन आफुमा विश्वास राख्नुस,आफ्नो प्रतिभामा विश्वास राख्नुस,पहिला आफुलाई माया गर्न सिक्नुस,अर्काको भनाई वा व्यवहारलाई आफ्नो जिवनको महत्वपूर्ण अंग नबनाउनुहोस् ! पर निर्भरता त्याग्नुहोस् ! कुनै पनि मान्छेलाई तपाईको सुख वा दुख निर्धारण गर्ने अधिकार नदिनुस् रिसाउने हरु रिसाउदै गर्छन् खुसाउनेहरु खुसाउदै गर्छन् ! सफल हुन कसैको छायाँ बन्न जरुरि छैन ! शाहस जोस जागरलाई सधै जोगाई राख्नुहोस् सहि समयमा सहि निर्णय गर्नुहोस्। अवश्य खुसि मिल्छ संसार तपाईको हो जति जे गर्नु छ गर्नुस् ।

विवेक भन्दा अावेग, चेतना भन्दा उत्तेजना बढेको छ मानिसहरुमा अाफुलाई परेपछि कहाँ सम्झिन सकिदो रहेछ र!

अावेगमा गरिएको निर्णयले कसैलाई भलो गरेको छैन् त्यो पनि थाहाँ थियो। त्यहि अावेगमा मनमा अनेकथरी सोच नअाएको हैन भाग्य बलियो भन्नु पर्छ।उत्ति नै बेला ठुलीअामाले सान्त्वना दिनु मेरो लागि सबै भन्दा ठुलो प्रेरणा बन्यो।

अामा बुबाले वेवास्ता गरेपनि ठुलीअामाले धेैर्य गर छोरी भनेकै हुन्।तर यस्ता ठुला घटनामा अामाबा को अनुमती नलिई कसरी हिम्मत गर्न सकिन्छ र! त्यति बेला मलाई ठुलीअामाको कोखबाट जन्म लिनु पाएको भए कति खुसि हुन्थे भन्ने लाग्यो।

जति सुकै कठोर मन भएका अामाहरु भए पनि पिडा हुने त उत्तिनै हो तर मलाई ठुलीअामाको सर्पोट पाउँदा र घर बाट अामाको उल्टो गाली सुन्दा घृणा लागेकै हो।

ठुलीअामाले त भनेका हुन रे होस् दिदि तपाई चुप बस्नुस् अातिनु हुन्न सुरुसुरुमा यस्तै हो नि बानी परिहाल्छे नी भनेर उल्टो सम्झाए पछि ठुलीअामाले के गर्न सक्थिन् र अर्काको छोरी पछि दोष जति उनकै थाप्लोमा हाल्दिन्छन् भनेर ठुलीअामा चुप बसेकी हुन। नत्र मलाई यति माया र सर्पोट दिने अरु कोहि छैन् अामा त सानीअामा जस्तो लाग्छ भनिनै सके।

हुन त जतिनै संस्कारको कुरा गरेपनि हाम्रो समाज दुखिको पक्षमा कहाँ उभिन्छ र!उहि देखावटी नोैँटङ्कि गर्ने हो परेको बेला मलाई न समाजले गर्यो न परिवारको सदस्यले कमसेकम गएर दह्रो कुरा गर्न सकेको भए सम्बन्धमा सुधार अाउन पनि सक्थ्यो।बोल्दिने मान्छे नभए पछि हेपाई बढ्नु पनि स्वभाविक थियो।

साना तिना कुराहरु निकालेर तनाव दिईरहनु ठिक होईन तर सासु र श्रीमानले त्यहि साना कुरा निकालेर तनाव दिन्थे।माईती यस्तो अाफन्त उस्तो यहाँ मन सँग मन जोड्ने लाई विवहा नभन्दा रहेनछन् यहाँ सम्पती कसले कति दियो त्यसको मुल्याङकन हुदो रहेछ। विवहाको बखान अनि दाईजोको चर्चा चल्दो रहेछ।अनि दाईजो कै अाधारमा को सभ्य र भव्य संस्कारको कुरो पनि दाईजोले फैसल्ला गर्दो रहेछ।

प्रियाको परिवारले सके जति दिएकै हुन।छोरीको विवहा अहिले सम्मकै भव्य गरेका हुन् तर पनि चित्त बुझाउन नसक्नु भन्या केटापक्षलाई केटि होइन उनिहरुलाई सम्पति चाहिएको कुरा प्रियाले बुझि झन दिक्क लाग्न थाल्थ्यो।

जति नै संस्कार जानेको बुझेको भए पनि मन नहुनेहरु सँग नाता गाँस्नु भनेको उज्यालो भविष्यलाई अन्धकार पार्नु रहेछ। प्रियाको जिवनमा एउटा विवहाले यति नै सन्देश दियो। धेरै कुरा सिकायो। कोमल बाट कठोर बनायो। हाँसिरहने लाई रुवाउने बनायो। विवहा अगाडी अाफ्नै संसार थियो विवहा पछि अरुको संसार बनायो। त्यो पनि दुष्टहरु,खराबहरुको संसार..
एउटा गल्तिले धेरै कुरा सिकायो तर त्यो गल्ति

यस्तो गल्ति भयो जसलाई माफि दिन नसक्ने

दुनियाँको नजरमा खतम बर्वाद मुल्याङकन पनि उनिहरुले नै गर्ने अचम्म नै भयो।

केटापक्षले दाईजोको कुरा पनि नजोडिएको हैन।एउटा कार्पेट चाहिएको थियो यो फोहोर भईसक्यो भनेर श्रीमानले पटक पटक मलाई सुनाईरह्यो।त्यसको मतलब अाशय यहि थियो कि तिम्रा बा,अामाले कार्पेट दाईजोमा दिएनन्।

मलाई झनक्क रिस उठ्थ्यो दाईजो लिनु दिनु हुन्न भन्ने थाहाँ छैन् उनिहरुले नबुझेर होईन जानी जानी बुझि बुझि बुचपचाएका मात्र हुन।थाहाँ नपाएर गरेको पो गल्ति हो त जानीजानी गरेको गल्ति होईन अपराध हो तर उनिहरुलाई नियम पढाउँनु भन्दा बरु अाफ्नो बाटो लाग्दा वेस्ट हुन्थ्यो नचाहिदोँ बसह कसले गर्दियोस्।

एउटा कार्पेट त म अाफै पनि किनेर ल्याउछु।जाबो एउटा कोठाको कार्पेट पनि दाईजोमा अाअोस भन्ने कति सम्मको मगन्ते सोच रहेछ। मनमनै घृणा जाग्यो एउटा असल बुहारीको भन्दा पनि दान दक्षिणा र सामानहरुको मुल्याङकन ज्यादा!

सुरुवातमा देख्दा हट्टाकट्टा खाईलाग्दो ज्यान भएको जेन्टलम्यान देखिन्थ्यो।हाईट वईट चट्ट मिलेको पर्सनालिटी तर यि सबै कुरा मिलेपछि त्यसको मुटु चाहिँ मान्छेको सोच हुदो रहेछ।

जसरी शरिर हट्टा कट्टा जति सुकै फुर्तिलो होस असाध्यै हेन्डसम किन नहोस शरिरमा मुटुको समस्या छ भने मान्छे कुनै पनि बेला सुईकिन सक्छ।शरिरको सबै अङ्गहरु उत्तिकै महत्वपुर्ण छन् तर सबै भन्दा सेन्सिटिभ र मुख्य काम मुटुकै हो।

मानिसको सोच र मुटु उस्तै हुन यि दुई मध्य एक अस्वस्थ भयो भने उहि अरुले भन्ने गरेको खतम र बवार्द बाहेक केहि हुन्न्।

राम्रो मान्छेको राम्रो मन हुने हो भने वाह! जीवन सोचेभन्दा राम्रो हुने रहेछ।तर अन्वार परेकाहरुको सोच देख्दा मलाई घृणा लाग्यो शहरको केटा मलाई बुझ्छ होला जीवन भर साथ दिन्छहोला भन्ने एउटा सपनाको स्वईरकल्पना मात्र भयो।

साच्चै ऊ सोच्थी जिवमा यस्तो केटा अाअोस् जसले हरेक पल हरेक क्षण साथ सपोर्ट गरोस्। असाध्यै माया गरोस् अरुको जोडीहरु मिलेको देख्दा ऊ भित्र भित्रै सोच्थी। मेरो पनि यस्तै भईदियोस् ।तर ठिक उल्टो भए सोचेका सबै कुरा पुरा नहुने त छदै छ उल्टो पनि हुदोरहेछ।

उपल्लो विकट ठाउँको केटा किन नहोस् शहरको केटाको भन्दा उसको सोच राम्रो फरक छ भने मलाई शहरिया हैन त्यहि गाउँले सोझो असल केटो मन पर्छ अाखिर शहरका केटाहरु जतिनै सुटेडबुटेड भए पनि सोच फोहोर मैलो दुर्गन्धित नै हुदो रहेछ।खुसिको साट‍ो झनै बढ्ता चोट दिदो रहेछ।

यस अगाडी उसले पत्रपत्रिकामा नदेखेकी होईन, दाईजोको विषयमा बुहारी जलाएको खबर महिलाहरुलाई वार्गिनिङ गर्दै छाड्दै गरेको घटना यि सब उसलाई बकवास जस्तो लाग्थ्यो। तर अहिले यस्ता घटनाको साक्षी एक अभियुक्त ऊ स्वंईम थिई नपत्याएर सुख नै थिएन।

शहरको केटा भन्ने साथै तामझामको साथ देखाउनु पर्यो। चलनचल्ती अनुसार पुर्याउनै पर्यो। अनि लगेको भोलीपल्ट बाट किचकिच किचकिच सुरुभए पछि एउटा उड्ने पन्क्षीलाई पखेटा बाधी पिजंडा भित्र थुन्दिए झैँ भयो।उसलाई कुनै अन्धकार संसारमा छिरे जस्तो भयो।जुन बेला जरुर कसैको साथ सहयोगको मायाको र सपोर्टको खाचोँ थियो।विलकुल पुरा भएन।

ऊ सम्झिन्छे विगत र मुर्छा पर्छे एउटा सानो गलत निर्णयले जीवन यसरी भातभुङ्ग होला भनेर उसले न सोचेकी थिई। न यस अगाडी देखेकी थिई। जब उसले ति सब पिडाहरु भोगी पछुताउन बाहेक केहि गर्न सक्थिन।

हरेक पटक ऊ झंस्किन्छे अाफ्नो जीवन सपना हो कि विपना हो पतो पाउदिन् हरेक रात निन्द्रामा कराउछे चिच्याउछे सपनाले पनि उसलाई नराम्रो सँग तर्साईरहन्छ।

मान्छेको कमिकमजोरी भेटेपछि अाफ्नै सपनाले पनि पिछा गर्दो रहेछ।नत्र ऊ किन यस्तो सपना देख्छे।विवहा मण्डलमा बसिरहेको
अाफ्नो राजकुमारलाई कुनै एक अपरिचित अाई अाफ्नै अगाडी रक्ताम्य बनाईदिन्छ। मारिदिन्छ ऊ बेजोड तर्सिन्छे ठुलीअामा ति सपनाहरुको साक्षी हुन्छिन्।जब विपनामा अाउछे क्रोधले नसाहरु सलबलाउँछन् त्यसलाई कसैले सपनामा झैँ मार्दियोस् लाग्छ।

ऊसको दैनिकी यस्तै छ बर्षोैँ वितिसक्यो। तर ति घटनाहरु झन झन ताजा लाग्छ। अाजकल ऊ अलि फरक सोच्ने भएकी छ। माया पिरेमको अन्दाज गर्दिन।बरु एउटा कुरो मनमा खेल्छ सुरुमा माग्न अाएको केटा लाई दिएका भए यति बेला प्रगति भईसक्थ्यो।उसको बारेमा पनि साथीहरु सँग बुझ्दा राम्रो छ भन्छन्।फलानो ठाउँमा नयाँ घर किनेका छ। भन्दा अहिले पनि ऊ टाउको समातेर मुन्टो भुईतिर फर्काउनु सिवाय केहि गर्न सक्दिन् यो सबै लोभ लालच र सुखि हुने अाशको प्रतिफल हो।

अाजकल प्रिया अफिस जान्छे दिनभरि काममा ब्यस्त हुन्छे। सामाजिक सञ्जालमा एकदम कम सक्रिय हुन्छे। फुर्सदमा ऊ अाफ्नो भावनाहरुलाई शब्दहरुमा उतार्न ब्यस्त हुन्छे !जब उसले मनमा भएका पिडाहरुलाई शब्दमा उतार्न थाली अहिले ऊ विस्तारै डिप्रेसन बाट रिकभर हुदैँ जोस जागरको साथ काम गर्दै छे! माया पिरेम उसलाई ब्यर्थ लाग्छन् ! सायद अब प्रियाको कालो जीवन पढ्न केहि धेै्र्य गर्नु पर्छ।

जब प्रियाको जिवनमा त्यो घटना घट्यो त्यसपछि उसलाई फिका सहानुभूतीको अोईरो लाग्यो अाजकल पनि अफिसका मान्छेहरुले उनलाई गिद्धेनजर लगाउन छाड्दैनन् अझै पनि कानुनी रुपमा ऊ छुटेकी छैन टाढा मात्र भएकी ह‍ो।

अाजकल विवाहित पुरुषहरुले खुबै दुख दिन्छन्। श्रीमान कता के गर्दै हुनुहुन्छ? प्रश्नहरुको चाङ लाग्छन। कतिलाई उत्तर दिनु अब ऊ अाफ्नो जिवनबाट होईन सञ्जालका उस्तै सोच भएका पुरुषहरुबाट थाकेकी छ।

घरमा बालबच्चा भएकाहरु पनि मेरो कहानी सुनाउँदा कठै भनेर सहानुभूती दिनेहरु नै मलाई साथ दिन तयार छन्। घरका ति निर्दोष बालबच्चा अनि बर्षोैँ देखि दुई मुटु एक धड्कन भएर साथ दिएकी पियारीलाई सम्म धोका दिन खोज्छन् र साथ दिने कसम खान्छन्।

मेरो बारेमा जानकारी पाउनेहरुले मलाई फसाउँन सानो प्रयास गरेनन् तर धेरै भन्दा धेरै ति सबै परिवार भएकाहरु नै थिए।मलाई बसमा पार्न के सम्म भनेनन् श्रीमती वितेको,केहि वर्षमा नै डिभोर्स गरेको छाडेर गई अाफ्ना प्राण प्यारीहरुलाई मुर्दारहरुले जिउदै मारे!

हो मैले अाफ्नो जीवन त राम्ररी बुझे अरुको पनि देखे अनि लाग्यो अाफ्नो मात्र हैन रहेछ जब सम्म यि खेलाडीहरु जिउँदो रहन्छन् म जस्ता सय‍ोैँ पात्र जन्मिरहन्छन् यसको एउटै उपाय हो अाफुँ सचेत रहने्।

मान्छेहरु झुटको खेती पनि यति सम्म गर्दा रहेछन्। अाफ्ना खुसिहरुलाई पनि हत्या गर्दा रहेछन! कसैलाई फसाउँने प्रपञ्चमा कति साह्रो कसरत गर्दा रहेछन्। पिडामा मलम लगाउँन अाउनेहरुले मलमको साट‍ो खुर्सानी दलेर जादाँ रहेछन। कस्ता कस्ता सोच भएका मान्छेहरु पनि भेटि अन्तत:खराब नियत भएकाहरुको नियत बुझेपछि लखेट्नै नपर्ने अाफैँ भाग्दा रहेछन्।

हो यि यस्तै निच सोच भएका केटाहरु देखेर सरम लाग्छ।एउटालाई साथ दिईरहनुको साट‍ो धोका नै दिन खोज्छन् मलाई साथ दिन कसैलाई धोका दिने ले भोली मलाई धोका दिन के बेर?उसलाई यस्ता कुराले च्वास्स घोच्थ्यो। उसलाई माया गर्ने भन्दा घृणा गर्ने रिस गर्ने प्यारो लाग्न लागेको थियो। किनकी रिस गर्ने घृणा गर्नेहरुले त्यति धेरै चोट दिएका हुदैनन् उनिहरु फगतमा रिसाएका मात्र हुन लेनादेना नै हुदैन। जति माया गर्नेहरुले चोट नसोचेको दिन्छन्।

साथ दिन तयार लोभीपापी मन भएका महापुरुषहरुमा पनि अाफ्नै श्रीमानमा भएको
सोच,गुण,ब्यबहार धेरै कुराहरु भेट्छे र झस्किन्छे!बल्ल तल्ल पुनर्रजिवन पाएको छु नर्कको जीवन पार गरेको छु दलदलबाट माथी निस्केको छु अब त के गल्ति गरुँला र!सय पटक सोचिन्छ तर गल्ति अब गरिन्न प्रभु!

अहिले ऊ शाररिक मानसिक रुपमा ठिक ठाक छे चोटहरुले मानिलाई कठोर बन्न मात्र होईन
उत्तिकै शाहसी र अाँटिलो बन्न मदत गर्दो रहेछ।

हमेशा हरेस खाएर कुनै अप्रिय सोच लिएर बाटो बिराएको भए न कसैले सम्झन्थे न कसैले चियोचर्चा गर्थे।जति अहिले गरिराछन्।उसले डिप्रेसन हुदाँ चोटै चोटहरु पिडा दिदा पनि उसको मन अन्तर्रअात्मा बाट पलाएको एउटै अन्तिम सोच अात्माहत्याको बाटो रोजिन।

अाज ऊ अाफ्ना पिडाहरु भन्दा पनि सहि बाटो हिड्न सकेको कारण खुसि छे।यात्राहरुमा अनेकोैँ बाधाहरु अाउँछन त्यसको सामना गरि बाधाहरु हटाउन सके फेरि पनि अाफ्नो संसारमा बाच्न, नाच्न,हाँस्न र रमाउन सकिने रहेछ भन्छिन प्रिया !

एरेन्ज म्यारीज