सुदूरपश्चिम प्रदेशका कानुनमन्त्रीले भेटे निर्मलाका आमाबुबा - Himal Post Himal Post
  • २७ पुष २०८१, शनिबार
  •      Sat Jan 11 2025
Logo

सुदूरपश्चिम प्रदेशका कानुनमन्त्रीले भेटे निर्मलाका आमाबुबा



कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका आन्तरिक तथा कानुनमन्त्री प्रकाश शाहले निर्मला पन्तकी आमा बाबुसँग भेट गरेका छन् । गत साउन १० गते बलात्कारपछि हत्या भएकी निर्मलाकी परिवारलाई मन्त्री शाहले शुक्रबार भेटेका हुन् ।

६ दिनदेखि बुबासहित घरपरिवार प्रशासनको गेटमा छोरीको हत्यारा सार्वजनिक गर्न माग राख्दै अनिश्चितकालीन धर्नामा बस्दै आएका छन् । धर्ना स्थलमा नै पुगेका मन्त्री शाहले निर्मलाका हत्यारा खोजी गर्न प्रदेश सरकार लागि परेको बताए ।

प्रदेशका मुख्यमन्त्री त्रिलोचन प्रसाद भट्टको सन्देश लिएर कञ्चनपुर आएका मन्त्री शाहले धर्ना स्थलमा निर्मलाका अभिभावकलाई भेटेका हुन् । उनले निर्मलाका बुबा यज्ञराजको स्वास्थ्य अवस्था बिग्रिदै गएको खबर पाएपछि प्रदेश सरकारका तर्र्फबाट स्वास्थ्य अवस्था बुझ्न आएका हुन् ।

मन्त्री शाहले जाडोमा अर्को दुर्घटना हुन सक्ने भन्दै स्वास्थ्यमा ख्याल गर्न आग्रह गरे । उनले भने, ‘आफ्नो स्वास्थ्यलाई नबिग्रार्नु होस ।’ उनले हत्यारा पत्ता लगाउन प्रदेश सरकारले संघीय सरकारसँग समन्वय गरिरहेको बताउँदै पीडित परिवारलाई न्याय दिलाउन खटेको बताए ।

मन्त्री शाहले यसअघि पनि निर्मला र सन्नी खुनाको परिवारसँग भेट गरी पीडित परिवारलाई न्याय दिलाउने आवश्वासन दिएका थिए । निर्मलाको परिवारले लामो समय हुँदा पनि सरकारले हत्यारा पत्ता लगाउन नसकेको भन्दै प्रदेश सरकारप्रति दुःख व्यक्त गरे ।साभार : नयाँ पत्रीका