कञ्चनपुरको पुनर्वासमा मोटरसाइकल चोरी गर्ने दुई जना पक्राउ  - Himal Post Himal Post
  • २३ जेष्ठ २०८३, शनिबार
  •      Sat Jun 6 2026
Logo

कञ्चनपुरको पुनर्वासमा मोटरसाइकल चोरी गर्ने दुई जना पक्राउ 



रञ्जित लामा

पुर्नवास ,कञ्चनपुर । कञ्चनपुरको पुनर्वासमा सोमबार मोटरसाइकल चोरी गर्ने दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पुनर्वास नगरपालिका–६ का २२ वर्षीय निरज श्रेष्ठ र पुनर्वास नगरपालिका–१ पुरैनाका २४ वर्षीय सुरेन्द्र राना रहेको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी नायब निरीक्षक गणेश खडायतले जानकारी दिए ।

कार्तिक २२ गते राती ९ः३० बजे घरको आँगनबाटै पुनर्वास नगरपालिका–६, प्रतिभानगरका खेमराज श्रेष्ठको २२० सी.सी.को अनटेस्ट पल्सर मोटरसाइकल हराएको उजुरीको आधारमा प्रहरीले अनुसन्धान गर्दै जाँदा हराएको मोटर साइकलसहित उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरु बिरुद्ध चोरीको मुद्दासमेत दायर भइसकेको प्रहरी नायब निरीक्षक खडायतले जानकारी दिए ।
गत असोजमा पनि मोटरसाइकल चोरी गर्ने गिरोहका ४ जनालाई मोटरसाइकल सहित इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले पक्राउ गरी मुद्दा चलाएको थियो ।