तिहारका लागि ६३ करोडको सामग्री भित्रियो, भारतबाट मात्रै ३५ करोड ८७ लाखको आयात - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

तिहारका लागि ६३ करोडको सामग्री भित्रियो, भारतबाट मात्रै ३५ करोड ८७ लाखको आयात



काठमाडौँ । तिहारलाई लक्ष्य गरी पछिल्लो १८ दिनमा ६३ करोड रुपैयाँ बराबरका सामग्री भित्रिएको छ । भन्सार विभागको तथ्यांकअनुसार भाइटीकाको दिनलाई चाहिने बदाम, नरिवल, ओखर, स्याउ, किसमिस, काजु, सुन्तला, केरालगायत फलफूल आयात भएको हो । कान्तिपुरमा खबर छ ।

यी सामग्री भारत, चीन, पाकिस्तान, थाइल्यान्ड, इन्डोनेसिया, अमेरिका, क्यानडाबाट आयात भएको विभागको तथ्यांकमा छ । सबैभन्दा बढी भारतबाट आयात भएको छ । भारतबाट मात्रै ३५ करोड ८७ लाख रुपैयाँको आयात भएको हो । दोस्रोमा पाकिस्तानबाट आयात भएको विभागको तथ्यांकमा छ । तथ्यांकअनुसार यो अवधिमा २० करोड ८३ लाख रुपैयाँको फलफूल तथा ड्राई फ्रुटका भित्रिएका हुन् । तेस्रोमा अमेरिकाबाट आयात भएको छ । अमेरिकाबाट १२ करोड ३९ लाख रुपैयाँको आयात भएको छ । तिब्बतबाट ९ करोड ७५ लाख, इन्डोनेसियाबाट १ करोड ६३ लाख, भियतनामबाट १ करोड ३६ लाख, चीनबाट ५६ लाख रुपैयाँ बराबरको आयात भएको उल्लेख छ ।

फलफूल तथा तरकारी व्यवसायी महासंघका अनुसार चीनबाट मुख्यत: स्याउ आयात हुन्छ । चीनबाट आयात हुने स्याउ मुलुकभरि बिक्री हुन्छ । अन्य फलफूल भने धादिङलगायत वरिपरिका जिल्लामा बिक्री हुने महासंघका वरिष्ठ उपाध्यक्ष रुद्र पाठकले बताए । संघले तिहारलाई लक्ष्य गरेर करिब ३ सय गाडी फलफूल आयात गरेको उनले बताए । उनका अनुसार एउटा गाडीमा १८ देखि ३२ टन फलफूल आयात हुन्छ । पाठकका अनुसार फलफूलमध्ये स्याउ मुख्यत: तिहारमा बिक्री हुन्छ । मुलुकभित्र पर्याप्त मात्रामा उत्पान नहुँदा चीन र भारतकै भर पर्नुपरेको बताए ।