देउसी भैलो खेल्दा स्पीकरमा गीत बजाए कारबाही - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

देउसी भैलो खेल्दा स्पीकरमा गीत बजाए कारबाही



रूपन्देही । रुपन्देहीमा स्थानीय सरकारले तिहार लक्षित नियम बनाएका छन् । तिहारको मौलिक संस्कृति गुम्दै गएको भन्दै देवदह नगरपालिकाले देउसीभैलोमा रेकर्डेड गीत बजाउन प्रतिबन्ध लगाएको छ ।

मौलिक संस्कृति बचाउन गरिएको आग्रह विपरित गीत बजाए कारबाही गरिने देवदह नगरप्रमुख हीरा केसीले बताए ।

देउसी भैलो खेल्दा विकृति बढेको विश्लेषण गरी यस्तो नियम बनाइएको हो, उनले भने । नगरपालिकाले देउसीभैलो टोलीलाई दिने दान रकम समेत तोकेको छ ।

देउसी भैलोमा ठुलो स्वरमा स्पिकर बजाए सामान बरामद गरिने नगरपालिकाले चेतावनी दिएको छ ।अन्नपुर्ण पोष्ट दैनिकबाट