शसत्र प्रहरी जवान सेती नदीमा नुहाउने क्रममा बेपत्ता - Himal Post Himal Post
  • २४ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 7 2026
Logo

शसत्र प्रहरी जवान सेती नदीमा नुहाउने क्रममा बेपत्ता



गणेश विक /  बझाङ ।

शसत्र प्रहरी जवान सेती नदीमा बगेर बेपत्ता भएका छन् ।

विहीबार दिउसो १ः३० बजे को समयमा सेती नदीमा नुहाउने क्रममा कञ्चनपुर जिल्ला बेलौरी नगरपालीका घर भएका २३ बर्षिया राजेन्द्र बुढा सेती नदीमा नुहाउने क्रममा बेपत्ता भएको प्रहरी नायब उपरिक्षक प्रविण धितालले बताउनु भयो ।

बेपत्ता शशत्र प्रहरी जवान बुढाको खोजी कार्यका लागी जिल्ला प्रहरी कार्यलय बाट प्रहरीको टोली,नेपाली सेना र शशत्र प्रहरीको टोली लागी परेको शसत्र प्रहरीका डीएसपि भुवनराज पन्तले बताउनु भयो । १३ गते जिल्लाको शान्ति सुरक्षाका लागी भन्दै शसत्र प्रहरीको टोली बझाङ आएको थियो ।