अन्तरदेशीय अावागमन तथा मानव बेचबिखन सम्बन्धी एकदिने समन्वय तथा मैत्री बैठक सम्पन्न - Himal Post Himal Post
  • २६ पुष २०८१, शुक्रबार
  •      Fri Jan 10 2025
Logo

अन्तरदेशीय अावागमन तथा मानव बेचबिखन सम्बन्धी एकदिने समन्वय तथा मैत्री बैठक सम्पन्न



किशोर तामाङ / पुनर्वास,कञ्चनपुर  ।

ए डब्लु अाे , निड्स नेपाल र पुनर्वास नगरपालिकाकाे सहकार्यमा अाज पुनर्वासमा अन्तरदेशिय अावागमन तथा मानव बेचबिखन सवाल सम्बन्धी एक दिने समन्वय तथा मैत्री बैठक सम्पन्न भएकाे छ ।

पुनर्वास नगरपालिकाकाे सभा हलमा सम्पन्न उक्त कार्यक्रममा स्थानिय राजनितिक दलका प्रतिनिधि, समाजसेवी, बुद्धीजिवी, सराेकारवाला सँस्थाका प्रतिनिधि, भारतीय सुरक्षा निकायका प्रतिनिधि तथा विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारहरूकाे उपस्थिति रहेकाे थियाे।

पुनर्वास नगरपालिका नगरप्रमुख जिवन राज थापाज्यूको प्रमुख आतिथ्यमाा भएको अन्तरदेशिय आवागमन तथा मानव बेचबिखन सवालमा समन्वय तथा मैत्री बैठकलाई
निडस नेपाल कञ्चनपुरका अध्यक्ष अन्जु जोशी भट्ट को सभापतित्व रहेको थियो ।

कार्यक्रममा बाेल्ने बक्ताहरूले भारतीय नागरिकलाई पनि नेपाल अाउन सहज र सुरक्षीत बनाउनु पर्ने, अावागमनका साथै व्यापार प्रवर्द्धनका लागि पहल गरिनु पर्ने,भन्सार सथापनाका लागि स्थानिय निकायले पहल गरिदिनु पर्ने र सिमा नाकामा हेल्प डेस्क राखिनु पर्ने बताएका थिए।

भारतका तर्फबाट कृष्ण नगर ग्राम प्रधान जीत कुमार, ग्राम प्रधान बसहीका शैलेस कुमार तथा भारतीय पत्रकारहरूकाे समेत उपस्थिति रहेकाे थियाे।

कार्यक्रममा बाेल्दै नेपाल भारत मैत्री संंघका उपाध्यक्ष तथा पुनर्वास उद्योग बाणिज्य संघका अध्यक्ष कृष्ण बहादुर तामाङ्गले कुटनितिक तरिकाले नेपाल भारत सिमामा हुने अपराधिक कृयाकलाप तथा नेपाली माथी हुने दुर्ब्यबहार राेक्न यथा शिघ्र प्रक्रिया चालिनु पर्नेमा जाेड दिएका थिए।

त्यसै गरि स्थानियले मात्र सिमा क्षेत्रमा मानव बेचबिखन राेकथाम गर्न नसकिने हुनाले सबै पक्षबाट सयगाेग हुनु पर्नेमा एक समाजसेवी सुकमाया माेक्तानले बताईन। दैनिक उपभाेग्य सामान लगायत लत्ता कपडा, मलखाद जस्ता सामान लिन नेपालीहरू भारतीय बजारमा जाँदा भारतीय सुरक्षाकर्मीबाट दुर्व्यवहार सहनु पर्ने बाध्यता भएकाले यसकाे तत्काल राेकथाम हुनु पर्नेमा समेत जाेड दिएकी थिईन ।

निडस नेपालका कञ्चनपुर अध्यक्ष अन्जु जोशी भट्टको सभापतित्वमा आयोजना गरिएको सो कार्यक्रममा नेपाल र भारत दुवै तर्फका सुरक्षाकर्मी हरुको समेत उपस्थिति रहेको थियो ।