निर्मला हत्या प्रकरण : न्याय माग्दै कैलालीको धनगढीमा प्रदर्शन
कैलाली । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षिय बालिका निर्मला पन्तलाई न्याय माग्दै आज धनगढीमा प्रदर्शन गरिएको छ ।
निर्मला पन्तको बलात्कारपछि हत्या भएको लामो समयसम्म दोषी पहिचान गर्न नसकेको भन्दै नागरिक संघर्ष समितिले प्रदर्शन गरेको हो । प्रदर्शनकारीले धनगढी चौराहादेखि मुख्यमन्त्री कार्यालयसम्म र्याली निकालेका थिए ।
प्रदर्शनीमा निर्मला पन्तका बुबाआमा पनि सहभागी भएका छन् । संघर्ष समितिले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापनपत्र बुझाएका छन् ।
मुख्यमन्त्री कार्यालय अगाडि निर्मलाका बुवाआमा,अधिकारकर्मी ,नागरिक संघर्ष समिती लगायतले ‘मेरी छोरीलाई न्याय दे, असक्षम गृहमन्त्री राजीनामा दे’ लगायतका नारा समेत लगाएका थिए । तस्बिर : सामाजिक संजाल