सम्पत्तिको लोभमा बिहे प्रस्ताव, नमानेपछि वृद्धको हत्या - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

सम्पत्तिको लोभमा बिहे प्रस्ताव, नमानेपछि वृद्धको हत्या



काठमाडौं । बाराको कलैयामा घाँटी रेटेर एक वृद्धको हत्या गर्ने चारजनालाई जिल्ला प्रहरी कार्यालय बाराले पक्राउ गरी मङ्गलवार सार्वजनिक गरेको छ । कलैया उपमहानगरपालिका–२३ स्थित कोइरिया टोलमा गत शनिवार भएको ६५ वर्षीय नन्दलाल राउत कुर्मीको हत्यामा संलग्न चारजनालाई प्रहरीले सार्वजनिक गरेको हो । अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

नन्दलालको हत्यामा उनकै छिमेकको संलग्नता रहेको पाइएको छ । प्रहरीले नन्दलालका छिमेकी ४५ वर्षीय वीरेन्द्रलाल प्रसाद जैसवारलाई घटनाको मुख्य योजनाकारका रूपमा सार्वजनिक गरेको छ ।

वीरेन्द्रसहित घटनामा हाल सिम्रौनगढ नगरपालिकाका साबिकको अमृतगन्ज–९ का ५५ वर्षीय जोधा भनिने राम अयोध्या दास तत्मा, वीरेन्द्रका १९ वर्षीय छोरा विशाल र ६५ वर्षीय बैजनाथ राउत कुर्मी रहेका छन् ।

घटनामा नन्दलाललाई वीरेन्द्र र रामअयोध्याले धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए भने उनका छोरा विशाल र बैजनाथले सहयोगीको भूमिका निभाएका थिए । आर्थिकरुपमा सम्पन्न नन्दलाल सफल कृषक थिए । उनको दैनिकी खेतीपाती र माछा पोखरीमा बित्ने गरेको थियो ।

सधैँ जसो खेतको काम सकेर साँझ घर आएका नन्दलाल गोठको काम गरिरहेको अवस्थामा मारिएका थिए । उनको शव घर छेउकै आँपको रुखमुनि शनिवार राति ८ बजे फेला परेको थियो । परिवारले उनको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । साङ्केतिक तस्बिर :