कैलाली क्षेत्र नं २ का सांसद झपट रावल र खानेपानी मन्त्री बिना मगर बिच भेटघाट
काठमाडौ । कैलाली क्षेत्र नम्बर २ का सांसद झपट रावल र खानेपानी तथा सरसफाइ मन्त्री विना मगर बीच आज भेटघाट भएको छ ।
क्षेत्र नम्बर २ का विभिन्न ठाउँमा खानेपानीको समस्या भएको गुनासो आए पछि सांसद रावलले खानेपानी मन्त्री संग छलफल गर्नु भएको छ ।
लम्की साना सहरी खानेपानी संस्थाका अध्यक्ष तेज बहादुर चलाउने लगायतका ब्यक्तिहरु नेतृत्व गर्दै सांसद रावल खानेपानी मन्त्रालय पुग्नु भएको टोलिमा सहभागी धनन्जय न्यौपानेले जानकारी दिनु भएको छ । पुरानो संरचना अनुसार नै खानेपानी रहेकाले यसलाई थप बिस्तार गर्ने लम्की खानेपानीको टोलि काठमाडौ पुगेको हो ।
छलफलमा मन्त्री मगरले खानेपानी बिस्तारका लागी आफुले पहल गर्ने बताउनु भयो । सह लगानी कार्यक्रम अन्तरगत कैलालीको लम्की चुहा नगरपालिका ४ कौवापुर ५ को तिलकपुर ३ को ब्यबस्थितनगर , र १ को कुन्टिखेत मा खानेपानी बिस्तार गर्ने आग्रह गरिएको छ ।
खानेपानी मन्त्री यस बारे सकारात्मक रहेको लम्की खानेपानी संस्थाका अध्यक्ष तेज चलाउनेले बताउनु भयो ।