आर्थिक समृद्धि सहितको विकास कैलालीले सिकाउनु पर्छ : जि.स.स.सभापति थापा - Himal Post Himal Post
  • २७ पुष २०८१, शनिबार
  •      Sat Jan 11 2025
Logo

आर्थिक समृद्धि सहितको विकास कैलालीले सिकाउनु पर्छ : जि.स.स.सभापति थापा



लिला जङ्ग शाही / बौनिया ,कैलाली ।

कैलाली जिल्ला समन्वय समितिका सभापति सुर्य बहादुर थापाले आर्थिक समृद्धि सहितको विकास कैलाली जिल्ला बाट सिकाउनु पर्ने बताउनु भएको छ ।

बिहीबार कैलालीको बर्दगोरिया गाउँपालिका -१ सडकपुर बौनियामा सडकपुर बौनिया युवा क्लबले आयोजना गरेको चौथो सरसवती एग्रो इण्ड्रस्टिज बर्दगोरिया सेती लोकमार्ग रास्ट्रव्यापी खुल्ला फुटबल प्रतियोगिताको प्रमुख अतिथिको आसनबाट बोल्दै कैलाली जिल्ला समन्वय समितीका सभापति थापाले उक्त कुरा बताउनु भएको हो ।

कैलाली जिल्लाको डुडेझारीमा औगौधिक क्षेत्र ,राजकाडामा केबुल कार , सेति लोकमार्ग निर्माण लगायत राष्ट्रिय गौरबका योजनाको निर्माण कार्य सम्पन्न गर्न सके कैलाली जिल्लामा आर्थिक समृद्धि हुने समेत बताउनु भएको छ । कैलाली जिल्ला पर्यटन र धार्मिक पर्यटन, बन बाताबरण ,कृषि र बन पैदावरको धनी भएकोले सबै मिलेर बिकासका मुद्दा हात्तेमालो गर्नु पर्ने समेत बताउनु भएको छ । खेलले युवामा परिबर्तन आउने र खेलाडीले देश लाई चिनाउने भएको खेलकुदलाई निरंतरता दिनु पर्नेमा सभापति थापाले जोड दिनु भएको छ ।

त्यस्तै बिशिष्ट अथितीको आसनबाट बोल्दै बर्दगोरिया गाउँपालिका उपाध्यक्ष भगवती डगौराले स्थानीय बर्दगोरिया गाउँपालिका सरकारले गाउँपालिकाको ६ वटै वडामा खेलकुद र खेलाडी उत्पादनमा जोड दिएको बताउनु भयो ।

कार्तिक २० गते सम्म संचालन हुने उक्त फुटबल प्रतियोगितामा जिल्लाभरका १९ वटा टीमले भाग लिएका छ्न । प्रतियोगितामा प्रथम हुने लाई २ लाख नगद समित मेटल र प्रमाणपत्र ,दिर्तिय लाई १ लाख नगद र मेडल र प्रमाणपत्र पुरस्कार रहेकोे छ ।

सडकपुर बौनिया युवा क्लबका अध्यक्ष प्रकाश साउदको सभापतित्वमा सम्पन्न भएको उद्घाटन कार्यक्रमको स्वागत मन्तव्य क्लबका उपाध्यक्ष जीवन बिसी र कार्यक्रम संचालन धिरज शाहीले गर्नु भएको थियो ।

आयोजक सडकपुर बौनिया युवा क्लबको विजयी सुरुवात

आज सम्पन्न भएको पहिलो खेलमा सडकपुर बौनिया युवा क्लबले विजयी सुरुवात गरेको छ । आयोजक बौनियाले मंगलमय युवा क्लबलाई ५ का विरुद्ध १ गोलले पराजित गर्दै प्रतियोगिताको विजयी सुरुवात गरेको हो ।

खेलमा सडकपुर बाैनिया युवा क्लबका लागी अमित बुढालेले २ गोल तथा हेमन्त खनाल,फरेन बम र कुबेर मल्लले १-१ गाेल गरेका थिए भने मंगलमय युवा क्लबका लागी सुनिल चाैधरिले सान्त्वना गाेल गरेका थिए ।

साथै शुक्रबार २ खेल हुने भएको छ । पहिलाे खेल १ बजे महेन्द्र स्मृति युवा क्लब साडेपानि बिरुद्ध सुदुर पश्चिम ११ बि र दिउसाे ३ बजे हुने खेलमा इन्द्रेणी युवा क्लब नाैनिया बिरुद्ध कट्टिपुर युवा क्लब कट्टिपुर प्रतिस्पर्धा गर्ने प्रतियोगितका खेल संयाेजक पुष्प भण्डारीले जानकारि दिए ।