काठ तस्करहरुद्बारा राजनीतिदेखि ज्यान मार्ने सम्मको धम्की : सामुदायिक वन अध्यक्ष भट्टराई - Himal Post Himal Post
  • २४ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 7 2026
Logo

काठ तस्करहरुद्बारा राजनीतिदेखि ज्यान मार्ने सम्मको धम्की : सामुदायिक वन अध्यक्ष भट्टराई



लोकू सिंह ठकुरी / सुखड, कैैैलाली ।
हरेक ठाउँमा हुने राजनीतिकरणले सामुदायिक बनमा समेत प्रभाव पारेको र संरक्षणमा ठुलो चुनौती रहेको कैलालीको घोडाघोडी नगरपालिका वडा नं. ४ जनकपुरमा रहेको मेलघट्टी सामुदायिक बन उपभोक्ता समितीका अध्यक्ष राजु भट्टराईले बताए ।

सामुदायिक तथा राष्ट्रिय बनबाट हुने काठ तस्करी सानो तिनो ब्यक्तीले गर्न नसक्ने भन्दै स्थानीय तह देखी जिल्ला सम्म राजनीतिक पहुच भएका ब्यक्तीहरु तस्करीमा संलग्न हुने गरेको सामुदायिक बन उपभोक्ता समितीका अध्यक्ष भट्टराईले दाबि गरे । उनले भने , “तस्करहरुलाई कारबाहीको दायरामा ल्याउन खोज्दा ठुलै राजनीतिक हैसियत भएका ब्यक्तीहरुबाट नै आफुलाई ज्यानै मार्ने सम्मको धम्की आउने गरेको छ ।”

त्यस्तै अध्यक्ष भट्टराईले तस्करहरुलाई कारबाहीको लागि  जिल्ला सम्म लैजान खोज्दा राजनीतिक पहुचको कारणले त्यहा सम्म नपुग्ने र पुगे पनी मुद्धाको सुनुवाई नहुने गरेको  दुखेसो पोखे । उनले थपे, ” सरकारले राष्ट्रिय बन संरक्षणका लागी बिशेष योजना नल्याएको कारणले तस्करीहरु मौलाउदै गइ तस्करी बढेको छ ।

भट्टराईले आफ्नो सामुदायिक बन संरक्षणका लागी आफु निरन्तर लागीरहेको बताउदै बन बिकाशको लागी बिशेष योजना बनाईरहेको समेत जानकारी दिए । बिगत वर्षहरुमा ढुंगा, बालुवा, गिट्टी, बाट उठ्ने केही रकमले बनको बिकाश संग संगै समुदायको बिकाशमा खर्च गर्ने गरेका थियौ अव त्यो रकम पनी नगरपालिकाले उठाउने योजना बनाएपछी हाम्रो बिवाद भईरहेको अध्यक्ष भट्टराईले बताए । उनले भने, “बनको संरक्षणको लागी नगरपालिकाले वास्ता नगर्ने र स्थानीय तथा उपभोक्ता समितीले संरक्षण गरेको बनबाट नगरले एक्लौटी फाईदा लिन खोजेको छ” ।

भट्टराईले ठेक्का प्रक्रिया हुदा ३ सय ५० रुपैया शुल्क उठाउने गरेकोमा अव ४ सय ५० किन चाहियो भन्दै ३ सय ५० नगरले उठाउनु पर्ने र १ सय रुपैया आफ्नो  सामुदायिक बनले उठाउन पाउनु पर्ने माग समेत राखेका छन ।