भगड्डीमा छाउपडी प्रथा बिरुद्ध नाटक प्रदर्शन - Himal Post Himal Post
  • ९ श्रावण २०८३, शनिबार
  •      Sat Jul 25 2026
Logo

भगड्डीमा छाउपडी प्रथा बिरुद्ध नाटक प्रदर्शन



ललित जाग्री / देवकलिया,कैलाली ।

कैलालीको घोडाघोडी नगरपालिका ५ भगड्डीमा रहेको सशक्तीकरण बाल तथा युवा क्लबको आयोजनामा भगड्डीमा छाउपडी प्रथा बिरुद्ध नाटक बिहिबार प्रदर्शन गरिएको छ ।

सशक्तीकरण बाल तथा युवा क्लबकी अध्यक्ष सरिता भण्डारीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि घोडाघोडी नगरपालिका वडा न. ५ का वडाध्यक्ष प्रेम बहादुर रोकाया, विशिष्ट अतिथिमा समाजसेवी काँसीराम बोहरा रहनु भएको थियो । यस्तै अतिथिहरुमा महोन्याल सामुदायिक वनका अध्यक्ष महेश महतरा, समाजसेवी टेक बहादुर बुढा लगायत रहनु भएको थियो।

सुदुरपश्चिम प्रदेशमा जरा गाडेको छाउपडी प्रथाले गर्दा महिलाहरुले ज्यान गुमाउनु पर्ने अवस्था रहेकोले त्यसको न्युनिकरणका लागि केहि सहयोग पुयोस् भन्ने कार्यक्रम मुख्य उद्देश्य रहेको थियो।

महिलाहरु रजस्वला हुदा घर भन्दा टाढा एक्लै बसाउने गर्नाले महिला माथी विभिन्न प्रकारका घटना हुन सक्ने भएकाले महिलाहरु लाई घर भित्रै बस्ने बाताबरण मिलाउनु पर्ने सन्देश दिन खोजिएको थियो ! त्यस्तै समाजमा हरेक घटनाहरु घट्दा पहुँचवाला लाई सजाय नहुने गरेको प्रवृति माथि व्यङ्ग्यात्मक रुपमा प्रस्तुत गरिएको थियो।