चाडपर्वले छोएन बझाङका बादी समुदायलाई
‘दशै कसरी मनाउने भन्ने चिन्ता’
गणेश विक / बझाङ ।
नेपालीहरुको महान पर्व बडा दशैं घर आगनमा टेकी सकेको छ । बर्षौ देखी घर बाहिर रहेका घरका सदस्यहरु घर पर्किएका छन् । बर्ष भरीका पिडा दुःख कष्ट सबै घर परिबारका सदस्य एकै ठाउमा जम्मा भएर साटासाट गर्दै रातो टिका अनी पहेलो जमरा निधारमा टलक्क टल्काउदै ठुला ब्यत्तिले सानालाई दिर्घायुको कामनखा गर्दछन् । नया नया लुगा संग चट्ट सजिएर समाज गाउघरमा सबैसंग भेटघाट हुने यस पावन पर्वमा बर्षौदेखी टाडिएका साथीभाईहरु एक आपसमा सजिएर एक आपसमा शुभकामना आदान प्रदान गर्ने गर्दछन् ।
त्यतिमात्र हैन गाउघरमा अलिकति बिहान बेलुका खानलाई र एक सरो लुगा फेर्न सक्नेहरुले त दशैको अघिल्लो दिन अष्टमीमा नै घरको आगनमा सिंगै खसी मार्नको लाागी बाधि सकेका छन् । साथै जिल्लाका विभिन्न ठाउमा दशैको अबसर पारेर बिभिन्न कार्यक्रम समेत आयोजना गरिएका छन् ।
बझाङ जिल्लाको सुन्दर सदरमुकाम चैनपुर हेर्दा निकै नै चट्ट परेको छ । दुई तिरबाट सेति नदी र ए तिरबाट बाहुली खोलाले घेरिएको उक्त बजार झट्ट हेर्दा कुनै टापु जस्तै देखिन्छ । तर त्यो सुन्दर देखिने चैनपुर बजारमा एउटा दुख संगै जिबन बिताउने समुदाय पनी छ, बादी समुदाय ।
जिल्लाको सदरमुकाम चैनपुरमा बसोबास गर्ने बादी समुदायलाई भने दशै तिहारले अझै छुन सकेको छैन । सदरमुकाममा नै बसोबास भएका बादी समुदायको यो दशै मात्र हैन बर्षै पिच्छे आउने हरेक दशै आसुसंगै बित्छ । अहिले चैनपुरमा १५ परिबार बसोबास गर्ने गर्दछन् । “घरको छानो पलाष्टिको पालले छाईएको छ, अनी खुट्टामा लाउनलाई एक जोर चप्पल छैन हजुर कसरी दशै मनाउ, रमेश बादीले भने सबैले दशै आयो भन्दै घर घरमा खसी बाधे हजुर हाम्रो घरमा खानलाई चामल छैन कसरी दशै मनाउनु हजुर ।”
यस्तै चैनपुरकै सारदा बादीले भनिन् “सबैले नया नया लुगा किनेर लगाउलान् तर हाम्रलागी त दशैं आएनी नआएनी उही पुरानो लुगा बाहेक अर्काे किन्ने हैसियत छैन हजुर के गर्नु । बालबालिकाले पनी नया लुगा चाहियो भन्दै सताउछन् तर पनी दशै आईसक्यो अझै पनी एक जोर लुगा किन्न सकेको छैन्” उनले भनिन् । “हाम्रालागी दशैं दशा हो हजुर, हाम्रालागी दशै नआएकै बेस ।”
१५ परिबारमा झण्डै १०० भन्दा बढी जनसंख्या छ । तर , पनी अहिले सम्म कसैले पनी माध्यामिक शिक्षा अथवा एसएलसी समेत पास गरेका छैनन् । शिक्षा स्वास्थ्य तथा स्वरजगारका हिसावले निकै पछाडी परेका बादी सममुदायको लागी दशैं रमाउन भन्दा पनी रुवाउन आउछ । एक दुई जनालाई केही गैरसरकारी संस्थाले सहयोग गरेपनी त्यो लामो समयसम्म टिक्न नसक्दा बिद्यालय जान थालेका बालबालिकाले समेत आफ्नो पढाईलाई निरन्तरता दिन सकिरहेका छैनन् । दशैको यो माहोलमा कतै रमझम त कतै सुभकामना आदान प्रदान भैईरहेका बेला बादी समुदायमा भने तछाड मछाड भएको छ । जति नजिक दशैको मिति नजिकिदै आउछ उत्तिकै छटपटीमा छन् बझाङका बादीहरु ।
चुनावको बेला घर आगनमा आएका जनप्रतिनिधिहरुले उतिबेला भएभरका सपना खन्याएर गए पनी अहिले भने आफ्नो हालत भने जस्ताको त्यस्तै रहेको बादहिरुको गु्नासो हरेको छ । आफुहरुका लागी जस्ले बस्नेबास र खानको लागी गासको ब्याबस्था गरिदिन्छ त्यही आफुहरुको भगवान हुने बादी समुदायको न्याउरो मु्हारले प्रष्ट देखाउछ । के दशै के तिहार जे भए पनी बादी समुदायमा भने अझै दशैले पाईला समेत टेक्न सकेको छैन् ।