जुनकीरी नेपालको शुभकामना आदानप्रदान - Himal Post Himal Post
  • २३ माघ २०८२, बिहीबार
  •      Thu Feb 5 2026
Logo

जुनकीरी नेपालको शुभकामना आदानप्रदान



पदम ओझा / बौनिया ।
बिजया दशमी तथा शुभ दिपावलिको पावन अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
जुनकीरी नेपालको आयोजनामा उक्त शुभकामना आदानप्रदान कार्यक्रम बौनियामा सम्पन्न भएको हो ।

जुनिकिरी नेपालका अध्यक्ष रोशन सुनारको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी बर्दगोरिया गाउपालिका अध्यक्ष बलिराम डगौरा थारु रहनु भएको थियो । त्यस्तै  विशिष्ट अतिथी बर्दगोरिया गाउपालिका वडा नं १ का अध्यक्ष जयरुप खतिवडा र वडा न २ का अध्यक्ष भेखु चौधरी रहनु भएको थियो ।

जुनकीरी नेपालका वरिष्ठ उपाध्यक्ष दिपा बुढा गौतमको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रममा बर्दगोरिया गाउपालिका वडा नंं ३ का सद्स्य टंक ओलि,बौनिया खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष भोजराज भट्ट ,बौनिया बजार व्यवस्थापन समितीका अध्यक्ष रुपक सुनार, बौनिया जेसिजका निबर्तमान अध्यक्ष कृष्ण बिष्ट ,घोडाघोडी बहुमुखी क्याम्पस स्वबियु सभापति जिबन वि सि,लियो क्लब अफ लम्कि अध्यक्ष तारा आचार्य ,दलित एकता मंच बर्दगोरियाका अध्यक्ष पुस्कर सुनार लगाएतकाले शुभकामना व्यक्त गर्नु भएको थियो ।

कार्यक्रमको संचालन जुनिकिरी नेपालका महासचिव अपेक्षा रोकायाले गर्नु भएको थियो ।