नयाँ नोटमा न हस्ताक्षर छ नत नम्बर नै !
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नरको हस्ताक्षर नभएको नोट बजारमा पुगेको छ । दशैंको बेलामा सामाखुशीको एक सहकारी संस्थाबाट ५० रुपैयाँको नेटमा हस्ताक्षर र नम्बर नभएको फेला परेको हो ।
सहकारीका कर्जा अधिकृतले १ लाख २० हजार रुपैयाँ एक फाइनान्सबट निकलेका थिए । जसमध्ये ५० रुपैयाँको नोटमा नेपाल राष्ट्र बैंकका गभर्नरको हस्ताक्षर र नम्बर छैन । नेपाल समाचारपत्रमा खबर छ ।