कृषि सहकारी संस्थाले गाउमै बीउ बिजन र मल पुर्याउदा स्थानीय हर्षित
राम बहादुर बिश्वकर्मा /सुखड ,कैलाली ।
कैलालीकाे घाेडाघाेडी नगरपालिका वडा नं ८ मा रहेकाे तारानगर कृषि सहकारी संस्थाले नयाँ फड्काे मारेकाे छ। बिभिन्न बालीनाली लगाउने समयमा उन्नत जातका बिउबिजन,र मल पनी सहकारीले उपभोक्तालाई उपलव्ध गराउदै अाएकाे छ । ७० जना उपभोक्ता रहेकाे सहकारी मा ५ लाख सम्म बचत रकम रहेकाे तारानगर कृषि सहकारी संस्था का अध्यक्ष झपट प्रसाद भण्डारी बताउनुभयो ।
हरेक बर्षमा दुई पटक बाली लगाउने समय शुलव मुल्यमा मल तथा उन्नत जातका बिउबिजनहरु बितरण गर्दै अाएकाे र यसपाली नि वितरण गर्ने कार्यक्रम जारी रहेकाे अध्यक्ष भण्डारी बताउनुभयो ।
यता स्थानीय उपभोक्ताहरु सहकारीले गरेकाे काम देखेर खुशि भएका छन । सस्तो मुल्यमा बिउबिजन र मल हरु थाेरै समयमा गाउँघरमै पाईने र न्यन व्याजदर ऋृण पाईने भएकाले खुशि व्यक्त गरेका छन।
अाउने दिनहरुमा सहकारी ले नयाँ नयाँ बिउबिजन र मलहरु ल्याउने सामाजिक कार्य, बिकास का कार्य र जनचेतनामुलक कार्यहरु गर्ने बताउनुभएको छ।