पाँच बर्षमा ७९ हजार दुर्घटना, झण्डै ११ हजारको मृत्यु - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

पाँच बर्षमा ७९ हजार दुर्घटना, झण्डै ११ हजारको मृत्यु



काठमाडौं । मर्मतसम्भार नगरिएका र जथाभावी खनिएका सडकले दुर्घटना बढाएको छ। पछिल्लो पाँच वर्षमा ७९ हजार ४१७ सवारी दुर्घटना भए, जसमा १० हजार ७ सय २२ जनाले ज्यान गुमाए।

२० हजार १४६ घाइते गम्भीर घाइते भए। साधारण घाइतेको संख्या ४० हजार ७५४ छ। प्रहरीको ट्राफिक निर्देशनालयको तथ्यांकअनुसार हरेक वर्ष दुर्घटना बढ्दै छ। गत आर्थिक वर्ष २०७४-०७५ मात्रै भन्डै दुई हजारसडक दुर्घटना भए, जसमा अढार हजारले ज्यान गुमाएको नयाँ पत्रिकामा खबर छ ।

सिँचाइ मन्त्रालयअन्तर्गत जलउत्पन्न प्रकोप व्यवस्थापन विभागमा कार्यरत भूगर्भविद श्रीकमल द्विवेदी पहिरो र सडक दुर्घटनााट बर्सेनि भौतिक र मानवीय क्षति बढ्नुमा अव्यवस्थित सडकको ठूलो भूमिका रहेको बताउँछन् ।