ज्वाइँले भगाए जेठानकी श्रीमती, ससुरालीमा तनाव ! - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

ज्वाइँले भगाए जेठानकी श्रीमती, ससुरालीमा तनाव !



कञ्चनपुर । जिल्लाको भीमदत्त नगरपालिका सुकासालमा बसोबास गर्दै आएका ३० बर्षीय पन्नालाल मोर्याले आफ्नै जेठान हरिस दमाइकी श्रीमती द्रोपती दमाईलाई भगाएका छन् । नेपाल समाचारपत्रमा खबर छ ।

मोर्याले द्रोपतीलाई मायाजालमा पारेर बेच्नका लागि लगेको बारे स्पष्ट नभएको परिवाले बताएका छन् । पन्नालालको स्थायी घर भने भारतको पिलिभित हो ।

बहीनी ज्वाइँले आफ्नै श्रीमती भगाउँदा जेठान हरिस दमाई भने एकदमै हैरान भएको बताउँछन् । हरिसकी आमा, दिदीसहितले उनीहरुलाई खोजबिन र कारबाहीका लागि शुक्रबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा उजुरी दिएका छन् ।