कैलालीमा ट्रकको ठक्करबाट एक जनाको घटनास्थलमै मृत्यु
हिमाल पोस्ट / कैलाली ।
कैलालीको लम्कीचुहा नगरपालीका- ४ मा आज विहान ट्रकको ठक्कर वाट एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।
पुर्व पश्चिम राजमार्ग अन्तरगत लम्कीचुहा नगरपालिका- ४ बलीयामा आज विहान करीब ६ बजे से ४ प ७३७० नम्वरको मोटरसाईकल र से ६ प ७०४१ नम्वरको मोटरसाइकल एक आपसमा ठोक्कीइ भुइँमा लड्दा से ४ प ७३७० चालक लम्कीचुहा नगरपालिका २ का भागिराम चौधरीलाई पुर्व वाट पश्चिम जादै गरेको ना ४ ख १२४७ नम्वरको ट्रकले कुल्चिदा चौधरीको घटनास्थलमै मृत्यु भएको ट्राफीक प्रहरी कार्यालय लम्कीले जनाएको छ ।
यता अर्का मोटरसाईकल चालक लम्कीचुहा नगरपालिका -४ का विनोद विश्वकर्मा र साथमा सवार मनिषा वि.क. दुर्घटनामा परी घाईते भएका छन् ।
घाइतेको लालरत्न अस्पताल लम्कीमा उपचार भईरहेको प्रहरीले जनाएको छ । चौधरीलाई कुल्चेर फरार रहेको ट्रक र चालकलाई मसुरिया वाट पक्राउ गरीएको ट्राफीक प्रहरी कार्यालय लम्कीले जनाएको छ । साङ्केतिक तस्वीर :

