घूस लिने चार प्रहरीविरुद्ध मुद्धा दर्ता - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

घूस लिने चार प्रहरीविरुद्ध मुद्धा दर्ता



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घूस लिएको अरोपमा विहीबार महानगरीय प्रहरी प्रभाग सानोठिमीका प्रहरी नायब निरीक्षक ज्योति विष्टसहित तीन जनाविरुद्ध मुद्धा दायर गरेको कान्तिपुर दैनिकमा खबर छ ।

विष्टको नेतृत्वमा प्रहरी सहायक निरीक्षक सुबास ढुंगाना र हवल्दार दीपक भारतीले बालुवा व्यवसायीलार्य सहज रुपमा निकासी गर्न दिने सर्तमा ४५ हजार रुपैयाँ घूस लिएको अख्तियारले जनाएको छ ।

तीन जनाविरुद्ध ४५ हजार बिगो कामय गरी विशेष अदिालतमा मुद्धा दाय गरिएको हो । अख्तियारले महानगरीय प्रभाग काँडाघारीका प्रहरी हवल्दार अमन चौधरीविरुद्धसमेत मुद्धा दायर गरेको छ ।