राजधानी विरुद्ध भ्रामक समाचार छापेको भन्दै अन्नपूर्ण ,कान्तिपुर र नागरिक पत्रीका जलाइयो
हिमाल पोस्ट / कैलाली ।
कैलालीको गोदावरी नगरपालिकाको अत्तरियामा आज बिहानै राजधानीको विरोधमा समाचार छापेको आरोप लगाउदै अत्तरियाका केही युवाहरुको समूहले अन्नपूर्ण पोष्टका , कान्तिपुर र नागरिक दैनिक पत्रीका जलाएका छन् ।
सुदुरपश्चिम प्रदेशका विभिन्न जिल्लाकालागि नेपालगन्जबाट ल्याउँदै गरेको अवस्थामा स्थानीयले पत्रिका जलाएका हुन् । सुदुरपश्चिम प्रदेशको राजधानी गोदावरीका विषयमा भ्रामक समाचार प्रकाशन गरेको भन्दै स्थानीयले बिहान पत्रिका जलाएको प्रहरीले जनाएको छ ।
प्रदेशसभाको दुई तिहाई बहुमतबाट प्रदेशको राजधानी गोदावरीको तेघरीमा राख्ने निर्णय भएपछि चुरे खतरामा, बाघको बाटोमा राजधानी लगायतका भ्रामक शीर्षकहरुमा समाचार छापेको भन्दै स्थानीय युवाहरुले पत्रिका जलाएका हुन् ।