निर्मला हत्या प्रकरणः सरकारी कार्यालय तथा पत्रकार माथी आक्रमण - Himal Post Himal Post
  • २४ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 7 2026
Logo

निर्मला हत्या प्रकरणः सरकारी कार्यालय तथा पत्रकार माथी आक्रमण



कैलाली । निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको दोषी पत्ता लगाउन माग गर्दै नेपाली कांग्रेसको भातृसंगठन नेविसंघद्बारा आह्वान गरिएको बन्दमा नेविसंघमा आवद्ध युवाले बन्दको अवज्ञा गरेको भन्दै जिल्ला सरकारी वकिलको कार्यालय कञ्चनपुरमा तोडफोड गरेका छन् ।

आन्दोलनकारीहरुले सरकारी गाडी तोडफोड गर्ने क्रममा भिडियो खिचेको भन्दै एसटीएस एंव सगरमाथा टेलिभिजनको कञ्चनपुर समाचारदाता चन्द्रकान्त जोशीलाई कुटपिट गर्नुका साथै क्यामेरा समेत तोडिदिएका छन् ।

बन्दकर्ताद्वारा सरकारी गाडी तोडफोड गर्ने क्रममा भिडियो खिचिरहेका बेला आफुलाई उक्त भिडियो हटाउन भन्दै कुटपिट भएको पत्रकार जोशीले बताए । संघले बन्दको अवज्ञा गरेको आरोपमा जिल्ला सरकारी वकिल कार्यालय, कञ्चनपुरको गाडीमा पनि तोडफोड गरेको छ । बन्दकर्ता युवाले बा २ झ २७१५ नम्बरको कार्यालयको गाडी तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

बन्दका कारण बजार, शैक्षिक संस्था, कलकारखाना, उद्योग लगायत खुलेका छैनन् । यातायात पनि ठप्प छ । पन्तको हत्यारालाई पत्ता लगाउन माग गर्दै बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म बन्द आह्वान गरिएको नेपाल विद्यार्थी संघले जनाएको छ ।