जापानमा अर्को शक्तिशाली भूकम्प - Himal Post Himal Post
  • ७ पुष २०८१, आईतवार
  •      Sun Dec 22 2024
Logo

जापानमा अर्को शक्तिशाली भूकम्प



हिमाल पोष्ट / ९ मंसिर, काठमाडौं । जापानमा अर्को शक्तिशाली भूकम्प गएको छ । स्थानीय समय अनुसार बिहीबार विहान ६ बजेर ३० मिनेटमा ६.१ रेक्टर स्केलको भूकम्प गएको हो । र, भूकम्पको केन्द्रविन्दु नामीबाट ३७ किलोमिटर पश्चिमा रहेको जापानको मौसम विज्ञान विभागले जनाएको छ ।

त्यही क्षेत्रमा तीन दिन अघि मात्र ७.१ रेक्टरको भूकम्प गएको थियो ।

यो भूकम्पपछि आधा घन्टाको बीचमा लगातार तीन पराकम्प गएको छ । ४.६ देखि ३.८ का पराकम्प गएको हो ।

यद्यपि कुनै मानवीय र भौतिक क्षतिको कुनै खबर छैन । साथै अहिलेसम्म सुनामीको चेतावनी पनि दिइएको छैन । फुुकुसिमालाई केन्द्र बनाएर गएको ७.४ रेक्टर स्केलको भूकम्पपछि भने सुनामीको चेतावनी दिइएको थियो ।