खस्यौली युथद्बारा आत्मरक्षा सम्बन्धि तालीम सम्पन्न (फोटो फिचर ) - Himal Post Himal Post
  • २८ पुष २०८१, आईतवार
  •      Sun Jan 12 2025
Logo

खस्यौली युथद्बारा आत्मरक्षा सम्बन्धि तालीम सम्पन्न (फोटो फिचर )



हिमाल पोस्ट / बुटवल । लियो जिल्ला परिषद ३२५ बि २ नेपालको एरिया ४ अन्तरगत पर्ने लियो क्लब अफ बुटवल खस्यौली युथले ‘आत्मरक्षा तालीम तथा जागरुकता सम्बन्धि कार्यक्रम सम्पन्न गरेको छ ।

सोमबार बुटवलको मिलनचोकमा रहेको स्कलर्स होम बोडिङ्ग स्कुलमा आत्मरक्षा तथा जागरुकता सम्बन्धि कार्यक्रम गरेको हो । कार्यक्रममा छात्राहरुलाई आफ्नो आत्मरक्षा कसरी गर्ने भन्ने विषयमा तालीम दिइएको थियो ।

लियो खस्यौली युथका अध्यक्ष लियो दिपेन्द्र भट्टराईको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको प्रमुख अथिती ईलाका प्रहरी कार्यालयका डि एस पि दिल बहादुर मल्ल रहेका थिए । त्यस्तै बिशिस्ट अथितीमा लियो जिल्ला परिषद ३२५ बि २ का सचिव लियो सरोज कंडेल ,अथितिहरुमा एरिया ४ का कोर्डिनेटर लियो सुदिप बेल्वासे , रिजन १० कोर्डिनेटर अर्जुन सिंह चौधरी , लियो आयुषा ज्ञवाली ,वडा प्रहरी कार्यालयका प्रमुख अमर थापा , वडा प्रहरी कार्यालयका सहायक निरीक्षक नुर प्रसाद सारु ,बिमला बिश्वकर्मा ,बिष्णु प्रसाद अर्याल , बिद्यालयका प्राध्यापक बाबुराम बन्जाडे , सहायक प्राध्यापक टिकाराम गौतम , बिद्यालयका संयोजक बासुदेव शर्मा , बिद्यालयका प्रसाशकिय अधिकृत लोक प्रसाद भण्डारी ,बिद्यालय माबी संयोजक सोभारानी प्रधान लगाएतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा अथितिको आसनबाट बोल्दै वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक अमर थापाले ‘समाजमा बलात्कार , हत्याहिंसाका घटनाहरु घटिरहेका छ्न ।’ यदि यस्ता घटनामा संलग्न रहेकालाई कडा नीति नियम ल्याएर कारबाही गरियो भने अन्य घटनामा कमि आउने बताउनु भयो । साथै प्रहरी सहायक निरीक्षक नुर प्रसाद सारुले महिला हु भनेर आफुलाइ सानो छु ,कमजोर छु भन्ने सोच राख्न नहुने बताए । उनले भने , ‘कसैको प्रलोभनमा पर्न हुदैन , कसैले गिजाउन वा फकाउन खोजे भने त्यस्को प्रतिकार गरि आफ्ना अभिभावक , प्रहरी तथा बिद्यालयका शिक्षक हरुलाई बताउनु पर्छ ।’

कार्यक्रममा स्कलर्स होम बोर्डिङ स्कुलमा अध्ययनरत कक्षा ९ र १० का करिब ५० जना छात्राहरुको सहभागिता रहेको थियो भने कार्यक्रममा उपस्थित रहेका अथितिहरुलाइ क्लबका अध्यक्ष लियो दिपेन्द्र भट्टराईले मायाको चिनो प्रदान समेत गरेका क्लबका सचीव होमनाथ सापकोटाले जानकारी दिए ।