भ्रष्टाचार लुकाउन यातायातका कर्मचारीद्धारा फाइल नै गायब - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

भ्रष्टाचार लुकाउन यातायातका कर्मचारीद्धारा फाइल नै गायब



पर्सा । आर्थिक चलखेलका आधारमा परीक्षा र ट्रायलविना नै सवारीचालक अनुमतिपत्र लाइसेन्स वितरण गर्ने यातायात व्यवस्था कार्यालय पर्साका कर्मचारीले भ्रष्टाचार लुकाउन फाईल नै गायब बनाएका छन् ।

फाइल नष्ट गरे पनि उनीहरुले भ्रष्टाचार भने लुकाउन सकेनन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्यालयका प्रमुखसहित ५ कर्मचारीविरुद्ध प्रमाण लुकाएको अभियोगसमेत थपेर आईतबार विशेष अदालतमा मुद्धा दायर गरेको छ ।

कार्यालयका प्रमुख उपसचिव विश्वराज नेपाल, शाखा अधिकृतहरु कमलराज गोतम, शालिग्राम पौडेल र उमेश रेग्मी तथा नायब सुब्ब अबिन्दर दासविरुद्ध मुद्धा दाय भएको हो । नयाँ पत्रिकामा खबर छ। फाइल तस्बिर :