पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसी लडेर घाइते - Himal Post Himal Post
  • २३ माघ २०८२, बिहीबार
  •      Thu Feb 5 2026
Logo

पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसी लडेर घाइते



हिमाल पोष्ट / काठमाडौँ, ८ मङ्सिर ।

राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसी माइक्रो बसवाट लडेर घाइते भएका छन् ।  पार्टी कार्यालय जाने क्रममा आफूँ सवार रहेको माइक्रोबसवाट खसेर सामान्य घाइते भएको महानगरिय प्रहरीले जानकारी दिएको छ ।

पार्टी बैठकका लागि कपन जान बिहान १० बजे मैतिदेवी सेताेपुलबाट बसमा चढेका केसी माइक्राेबसले लेन मिचेपछि पुलिसकाे अाँखा छल्न गाैशाला चाेकबाट यु टर्न लिने क्रममा हुत्तिएर गाडीबाट खसेकाे  प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार ढाेका छेउकाे सिटमा बसेका अध्यक्ष केसी हुत्तिएर गाडीबाट खसेपछि बेहाेस भएका थिए। उनलार्इ साेही गाडीका चालक र यात्रुहरूले गाडीमा राखेर प्रहरीकहाँ पुर्याएका थिए।

टाउकाेमा सामान्य चाेट लागेका केसीकाे हाल सामान्य अवस्थामाकेएमसी अस्तालमा उपचार भइरहेकाे प्रहरीले जनाएको छ ।