सुरक्षा आफ्नै लागी हो, ट्राफिक नियमको पालना गरे सुरक्षा आफै हुन्छ : प्रहरी ना. निरिक्षक शाही
मंगल बास्कोटे /लम्की,कैैैलाली ।
देशका बिभिन्न ठाउँमा दिन प्रतिदिन सवारी दुर्घटना भइरहेका बेला ट्राफिक प्रहरी कार्यालय लम्कीले सवारी दुर्घटना न्युनिकरणका लागी जनचेतना फैलाउन थालेको छ ।
बढ्दो दुर्घटनालाई मध्यनजर गर्दैे ट्राफिक प्रहरी कार्यालय लम्की कैलालीले हप्ताको सोमबार र बिहिबारका दिन बिद्यालयमा गएर ट्राफिक नियमबारे जानकारी दिने गरेको छ । सबै भन्दा दुर्घटनाको सिकार बिद्यार्थि हुने भएको हुदा बिद्यालय केन्द्रीत जनचेताना मुलक कार्यक्रम गरिहरेको ट्राफिक प्रहरी कार्यालय लम्कीका प्रमुख नवराज शाहीले बताउनु भयो । बिद्यार्थिहरुबाट अभिभावकमा जनचेतना फैलीने भएकोले पनि बिद्यार्थी केन्द्रीत कार्यक्रम गरेको स्पष्ट पार्नु भयो ।
सवारी दुर्घटना बारे जनचेतना बिद्यार्थिहरुलाई मात्र नभएर मोटरसाईकलका चालकलाई पनि प्रत्येक हप्ताको शुक्रबारका दिन ट्राफिक नियमबारे जानकारी दिने गरेको उहाले बताउनु भयो । हेलमेट नलगाउने, ३ जना बोक्ने, तिब्रगतिमा मोटरसाईकल चलाउने लाई पहिलो पटकको लागी जरिवाना नगर्ने र यस्ता गल्ति गर्दा हुन सक्ने दुर्घटनाको सम्भाब्यताको बारेमा जानकारीको लागी कक्षा लिने गरेको बताउनु भयो ।
दशै तिहार पनि नजिकैदै छ ,यो बेलामा अक्सर दुर्घटना हुने खतारा हुन्छ प्रमुख शाहीले भयो,‘‘चार्डवार्डको समयलाई मध्यनजर गर्दै बसपार्कमा यात्रु सहायत कक्ष राख्दै छौ, बसमा यात्रुको क्षमता,चालकको अवस्था बारे जानकारी लिन चालक संग १ मिनेट र यात्रु संग ३ मिनेट कुराकानी गछौ । यात्रुलाई असहजता भएको खण्डमा सहज यात्रको पहल गर्ने र चालकले मद्यिरा सेवन गरे नगरेको हेरफेर गरिने छ । यसले गर्दा सवारी दुर्घटना न्युनिकरण हुनेमा बिश्वास लिएका छौ । ” मधिरा सेवन र तिब्रगतिमा सवारी सधान हाक्नु नै दुर्घटनाको प्रमुख कारण भएको शाहीले बताउनु भयो ।
ट्राफिक प्रहरी कार्यालय लम्कीले आर्थिक बर्ष २०७५÷७६ को सावन र भाद्र महिनामा ११ सय ६७ वटा बिभिन्न सवारी साधानलाई कारबाही गरेको छ । जसमा बस ६१, ट्रक २८८, जिपकार ९१, ट्रयाक्टर ३६, मोटरसाईकल ६९० र अटो रिक्सा ९ वटा रहेका छन । यि बिभिन्न सवारीलाई कारबाही गर्दा ७ लाख ७ हजार ५ सय रुपैया राजस्व संकलन भएको छ । सवारी चालक अनुमति पत्र नभएको, क्षमता बढि यात्रु,भावर लोड भएका सवारी लाई कारबाही गरिएका उहाले बताउनु भयो । संगसंगै २ महिनाको अवधिमा १३ वटा चोरीका मोटरसाईकल पक्राउ गरिएको प्रमुख शाहीले जानकारी दिनु भयो ।
सरकारले सवारी भाडामा १० प्रतिशत बृद्धि गरे संगै यस क्षेत्रमा चल्ने सवारीले मनोमानी भाडा असुली रहेको जनगुनासो आएको हुदा तत्काल त्यस्ता सवारी माथी हेरफेर गरिने बताउनु भयो । अव प्रत्येक गाडीको भित्तामा भाडादर टाँस्न लगाउने यदि कसैले अटेरी गरेको खण्डमा कारबाही गर्ने चेतावनी समेत दिनु भएको छ ।
सुरक्षा भनेको आफ्नै लागी हो, त्यहि भएर ट्राफिक नियमको पालना गरौ सबैले आफनौ सुरक्षा आफै गरौ भन्ने सोचको बिकास गरेर बढ्दो सवारी दुर्घटनालाई न्युनिकरण गर्न तर्फ चासो दिन सम्पुर्णमा आग्रह गर्नु भयो ।