जनसम्पर्क समितिले शुभकामना आदान प्रदान कार्यक्रम गर्दै - Himal Post Himal Post
  • १९ माघ २०८२, आईतवार
  •      Sun Feb 1 2026
Logo

जनसम्पर्क समितिले शुभकामना आदान प्रदान कार्यक्रम गर्दै



जनसम्पर्क समिति साउथ अस्ट्रेलियाको आयोजनामा यहि अक्टोबर ६ तारिकको दिन १०५ औ बिपी जयन्ती तथा दशैं, तिहार , नेपाल संवत एवं छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना हुने भएको छ। दिउसो ३ बजे बाट सुरु हुने उक्त कार्यक्रम ओकल्याण्ड वेटल्याण्ड रिजर्ब पार्कमा हुने जनसम्पर्क समिति साउथ अस्ट्रेलियाका सचिब भुवन सापकोटाले जानकारी दिए। कार्यक्रमको लागि अन्य राज्य बाट समेत जनसम्पर्क समितिका पदाधिकारीहरु आउने सापकोटाले बताए।

यस्तै जनसम्पर्क समिति साउथ अस्ट्रेलियाले निर्मला पन्त बलात्कार प्रकरणमा प्रेस बिज्ञप्ति जारी गरी सत्यतथ्य छानबिन गरी दोषी माथि कडा कारबाही गर्न नेपाल सरकार र स्थानिय प्रशासनसँग माग गरेको छ।