प्रदेश नं ७ को राजधानीबारे सामाजिक संजालमा अमर्यादित अभिव्यक्ति दिए कारबाही गर्ने चेतावनी
हिमाल पोस्ट / कैलाली ।
प्रदेश नं ७ को राजधानी र नामाकरणलाई लिएर सामाजिक संजालमा अमर्यादित , उच्छृङ्खल अभिव्यक्ति नदिन जिल्ला प्रशासन कार्यालय कैलालीले आग्रह गरेको छ ।
जिल्ला प्रशासन कार्यालय कैलालीले आज एक सुचना जारी गर्दै, केही दिन यता सामाजिक संजालमा यस्ता अभिव्यक्ति, गतिविधिबाट सामाजिक सद्भाव , शान्ति सुरक्षामा प्रतिकुल असर पर्न सक्ने हुनाले यस्ता गतिविधिहरु नगरिदिनु हुन र यदि भए गरेको पाइएमा प्रशासनले विद्युतीय कारोवार ऐन २०६३ अनुसार कारवाही गर्ने चेतावनी सहितको सूचना जारी गरेको छ ।